दमक अस्पतालमा स्वास्थ्य बिमाको सेवा लिन सास्ति

दमक जिल्ला अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर हुदाँ सर्वसाधारणहरुले हैरानी खेप्नु परेको गुनासो बढदै गएको छ


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • दमक,२५ भदौ । झापाको दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा उपलब्ध सेवासुबिधाहरु व्यवस्थित हुन नसक्दा सर्वसाधारणहरु मारमा पर्ने गरेका छन् ।

    जिल्लाको माईपश्चिमका ५ वटा स्थानीयतहलाई लक्षित गरि सञ्चालनमा आएको दमक जिल्ला अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर हुदाँ सर्वसाधारणहरुले हैरानी खेप्नु परेको गुनासो बढदै गएको छ । माईपश्चिमा यो एक मात्र सरकारी जिल्ला अस्पतालमा उपलब्ध सेवा सुविधाहरु व्यवस्थित हुन नसक्दा समस्या भोग्दैआएका छन् । सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रमको यस क्षेत्रका सेवाग्रहीले सेवा लिने पहिलो दमक अस्पताल नै हो ।

    विशेषगरि स्वास्थ्य विमा कार्यक्रम लागू भएपछि यो अस्पतालमा दैनिक ४ सय देखि ५ सय सम्म बिरामीले सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । तर, विमा सेवा लिने सर्वसाधारणहरुले अस्पतालको सेवा प्रति पटक्कै सन्तुष्ट छैनन् ।

    गौरादहकी बिन्दु कार्कीले स्वास्थ्य बिमाबाट उपचारका लागि दमक अस्पतालमा आएपनि सेवा लिन चर्को कठिनाई खेप्नु परेको गुनासो गरिन् । पेट दुख्ने समस्या लिएर अस्पतालमा आएकी कार्कीले व्यवस्थापकीय कमजोरीका कारण आफु र आफूजस्तै धेरै सेवाग्राहीहरुले सास्ती खेप्नु परिरहेको गुनासो गरिन् ।

    अस्पतालले प्रवाह गर्ने सेवा सुविधा चुस्त हुन नसक्दा दैनिक सयौ सर्वसाधारणहरु सास्ती खेप्नु परिरहेको मोरङ उर्लाबारीकी लिलादेबी ढुंगानाले गुनासो गरिन् । जिल्लाको माईपश्चिमका ५ वटै स्थानीय तहहरुका साथै इलामको चुलाचुलीका सर्वसाधारणहरुकोे स्वास्थ्य बिमाको पहिलो सेवा लिने अस्पतालको दुर्दशा सुल्झाउन अस्पताल बेखबर रहदैआएका छन् ।

    अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरक्षा बाँस्कोटाले स्वास्थ्य विमा सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा बृद्धि हुदै गएपछि अस्पतालमा पर्याप्त जनशक्तिको अभाबका कारण सेवा प्रवाहमा समस्या देखिएको बताईन् । अस्पतालमा सरकारी स्वीकृत अनुसारका दरवन्दी नहुदाँ समेत अस्पताल नियमित सञ्चालनमा समस्या आएको उनको भनाई छ ।

    नेपाल सरकारबाट ५० शैयाको स्वीकृति पाएको भएपनि हाल १५ शैया जेनतेन सञ्चालनको क्रममा छ । हाल ७ जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भईरहेको अस्पतालमा तर सेवाग्रहीको चाप दैनिक उच्च हुदैगएपछि सेवा विस्तार तर्फ स्थानीय सरकारले ध्यान दिएको वताउदैआएका छन् ।

    दमक नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार अस्पतालमा सेवाग्रही चाप बढ्दै गएको कारण थप ३ जना मेडिकल अफिसर नियुक्ति गर्न तयारी थालिएको वताएका छन् । उनले बिज्ञापन आव्हान गरिएको र छिट्टै सेवा प्रवाह मजवुत गरिने स्पष्ट पारे ।

    जिल्ला अस्पतालको रूपमा स्वीकृत पाएको यो अस्पताल हाल नगरपालिकाको मातहतमा सञ्चालनमा हुँदै आएको छ । यो अस्पतालले बर्षमा करिव ३ लाख बढि सर्वसाधारणहरुलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिदैआइरहेको जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology