थेगिमको उपचारमा ३३ हजार वढी सहयोग प्रदान


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • चुलाचुली, २५ भदौ । विभिन्न रोगबाट पीडित पूवेली लोक गायक मोहन थेगिमको उपचारमा सहयोग पुरयाँउन बचाउ अभियान गठन गरि सहयोग जुटाउने क्रम शुरु भएको छ ।

    बचाउ अभियान्तहरूले आज विराटनगर जनपथ टोलस्थित संगम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि पीडित थेगिमको जीवनरक्षाका लागि सहयोग उपलव्ध गराएका छन् ।


    अभियान्तहरू गगन लावती, शरणहाङ जवेगु, रेखा राई, कमला लावती, दीपकमल लिम्बूले संयुक्त रूपमा गायक थेगिमलाई ३३ हजार ४० रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियोे ।

    चुलाचुली गाउँपालिका वडा नं ३ मिलन चोकस्थित स्थायी घर भएका ४१ बर्षिय थेगिमको सुरूमा लिभर समस्या देखिएपछि उनलाई थप अल्सर, मृगौला, फोक्सोमा पानी जमेकाले स्वास्थ अवस्था जटिल बन्दै गएको पीडित थेगिमले वताएका छन् ।

    अभियानमा संलग्न गगन लावतीले अरूको लागि सहयोग अभियानमा लागि परिरहेको लोक गायक मोहन थेगिम आज आफै विभिन्न रोगकै कारण उपचारका लागि अस्पतालमा थलिएकाले उपचारमा सघाँउन जुट्नु पर्ने वताए ।

    कमजोर आर्थिक अवस्था भएका थेगिमको थप उपचारका लागि कुरूम्बेली समाज सेवा, चुलाचुली मिडिया , फेमस् अनलाइन टिभी मार्फत सहयोगको लागि अपिल गरिएका छन् । विरामी थेगिमको विराटनगरस्थित नोवल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

    सहयोगी मनहरूको लागि विरामी मोहन थेगिमकै नाममा खोलिएको नविल बैंकको खाता नं २२१००२७५०४४३० राखिएको छ । थप सम्पर्क मोवाईल नं। ९८१४३६६९५४ र ९८०६०४७७१७ गगन लावती ९८०६०४७७१७ मा समेत सम्पर्क गरि सहयोग उपलव्ध गराउन सकिने अभियानकर्मीहरुले उल्लेख गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology