जेसीज सप्ताह अन्तर्गत रक्तदान र स्लो बाइक रेस सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • बुद्धशान्ति । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गत बुधबार रक्तदान र स्लो मोटरसाइकल रेस कार्यक्रम सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत बुधबारेमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४३ जनाले रक्तदान गरेको कार्यकारिणि उपाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । झापामा रगतको अभावको महशुष गरि आयोजना गरिएको कार्यक्रममा बिर्तामोड रेडक्रसको प्राविधिक सहयोग रहेको कार्यक्रम संयोजक सोमनाथ भट्टराईले बताउनुभयो ।

    साताभरि विभिन्न कार्यक्रम गरि मनाइने जेसीज सप्ताह अन्तर्गत बुधबार नै जयपूरमा सम्पन्न स्लो मोटरसाइकल रेसमा परमेश्वर बोहोरा प्रथम र विजय उप्रेती द्धित्तिय भएका छन् । प्रथम हुने बोहोराले ५० मिटरको दुरी १ मिनेट ४२ सेकेन्डमा र द्धित्तिय भएका उप्रेतीले १ मिनेट ३६ सेकेन्डमा पुरा गरेका थिए भने उनीहरुलाई पुरस्कार स्वरुप हेलमेट प्रदान गरिएको कार्यक्रम संयोजक कृष्ण ढकालले बताउनुभयो । कार्यक्रम संयोजक ढकालका अनुसार पछिल्लो समय ट्राफिक दुर्घटना बढ्दै गइरहेको सन्दर्भमा स्लो बाइक लङ लाइफ भन्दै सचेतनाको लागि स्लो मोटरसाइलक रेस कार्यक्रम गरिएकोे बताउनुभयो ।

    कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

    बुद्धशान्तिकै जेष्ठ नागरिक १०६ बर्षिय हरिप्रसाद वाग्लेलाई सम्मान गर्दै सुरु भएको सप्ताह कार्यक्रम अन्तर्गत विहिबार शैक्षिक सामाग्री वितरण, शुक्रबार फोटो प्रदर्शनी लगायत कार्यक्रमहरु रहेको मूल कार्यक्रम संयोजक जेसी सेमन्त पोखरेलले बताउनुभएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology