दशैंदेखि दमक महल सञ्चालनमा आउने

दमकमा नै पहिलोपटक चलचित्र पारखीहरुका लागि डिम्याक्स सेनिमाको समेत व्यवस्था गरिएको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • दमक,२५ भदौ । झापाको दमक ६ स्थित वेलडाँगी रोडमा निर्माणाधिन व्यापारिक भवन दमक महल नजिकिएको दशैदेखि सञ्चालनमा आउने भएको छ । दमकका युवा व्यवसायी रेवत बस्नेतसहित उनका तीन दाजुभाईले मिलेर बनाएको सुविधासम्पन्न दमक महल दशैको घटस्थापनादेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

    चारवर्ष देखि निर्माण भएको तीन तले व्यवसायिक भवन सञ्चालनको धमाधम अन्तिम तयारीका कामहरु भईरहेको सञ्चालक रेवत वस्नेतले जानकारी दिएका छन् । अण्डर ग्राउण्ड पाकिङ्गसहितको सो भवन १० करोड बढीको लागतमा निर्माण भएको हो । भवनको अण्डर ग्राउण्डमा मोटरसाईकल ६० र कारजीप भेन २५ वटा अट्न सक्ने क्षमता रहेको जनाईएको छ । दमक महलको व्यवस्थित अण्डर ग्राउण्ड पार्किङ्ग पूर्वका सपिङ्ग मलहरुमा नै पहिलो भएको सञ्चालक बस्नेतको दावी छ ।

    उनका अनुसार दमकमा नै पहिलोपटक चलचित्र पारखीहरुका लागि डिम्याक्स सेनिमाको समेत व्यवस्था गरिएको छ । दमक बाहिरका शहरमा डिम्याक्स सिनेमाले लोकप्रियता पाईरहेको वेला दमकमा समेत यस्तो व्यवस्था गर्न लागिएको सञ्चालक बस्नेतले जनाएका छन् । २४० र १३० जना दर्शक अट्न सक्ने क्षमता रहेको दुई आधुनिक डिम्याक्स सेनिमा हल सञ्चालनमा आएपछि चलचित्रका पारखीले थप मनोरञ्जन पाउने जनाइएको छ ।

    तीन तले सुविधासम्पन्न भवनमा सय वढी व्यापारिक पसलहरु रहने छन् आउजाउका लागि आधुनिक प्रविधिको लिफ्ट राखिएको छ । भवनमा हाल कुमारी वैकले शाखा कार्यालय खोलेको छ भने अन्य विभिन्न व्यवसायिक पसलहरुले पसल राख्ने तयारी गरिहेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology