जागरण अभियानका लागि प्रदेश क्षेत्रस्तरीय कार्यक्रम तय


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • झापा, २५ भदौ । देशब्यापी जागरण अभियानलाई प्रभावकारी वनाउन झापाका विभिन्न क्षेत्रमा क्षेत्रीय समितिको बैठक बसी जागरण अभियानका कार्यक्रम तय गरिएका छन् ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय बैठक बसी जागरण अभियानका प्रदेश निर्वाचन क्षेत्रस्तरीय तथा गाउँ, नगर र वडास्तरीय कार्यक्रम तय भएका हुन् भने सबै प्रदेश तथा क्षेत्रीय समितिले असोज ३ गते संविधान दिवसमा विशेष कार्यक्रम तय गरिएको छ ।

    यता झापा क्षेत्र नं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न बैठकमा जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु सुनिल शर्मा र बसन्त भट्टराई, कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, प्रवक्ता लोकराज ढकाल, प्रदेशसभा (ख ) का उम्मेद्वार खड्ग प्रसाईं लगायतको उपस्थितिमा सम्पन्न बैठकले दुईसाताब्यापी कार्यक्रम तय गरेको हो ।

    जसअन्तर्गत झापा क्षेत्र नं २ को प्रदेश (क ) र (ख )मा विशेष सामाजिक संवाद र सामाजिक विकृति÷विसंगतिविरुद्ध जागरणका लागि भदौ २७ देखि असोज ५ गतेसम्मका लागि कार्यक्रम तय गरिएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए ।

    उनका अनुसार भदौ २८ गते प्रदेश (ख )को अर्जुनधारा १,२,३ नं वडा, भदौ २९ गते प्रदेश ( क )को विर्तामोड ७,८, ९ र (ख) को अर्जुनधारा ४,५,७, ८ मा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

    यसैगरी भदौ ३० गते प्रदेश (क) को विर्तामोड १,२,३, प्रदेश (ख ) को बुद्धशान्ति १,२,३ मा, भदौ ३१ गते प्रदेश (क ) को विर्तामोड ४, ५, ६ र ख अन्तर्गत अर्जुनधारा ६,९,१०,११ मा र असोज २ गते कनकाई प्रदेश (क ) अन्तर्गत कनकाई ८ र ९ मा वडास्तरीय कार्यक्रम तय भएका छन् ।

    यसैगरी भदौ २७ गते अग्रज तथा प्रजातान्त्रिक योद्धा, शहीद परिवार, द्वन्द्वपीडितको आँगनमा पुग्ने कार्यक्रम तय गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि भएपश्चात दुईबर्षे कार्यकालको समिक्षा असोज ४ गते र असोज ५ गते युवाकेन्द्रित कार्यक्रम गरिएको छ । असोज ३ गते संविधान दिवसमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको बैठकले असोज ७ गते हुने जिल्लाब्यापी विरोध प्रदर्शनमा सशक्त सहभागिता जनाउने निर्णय गरेको बताइएको छ ।

    यसैगरी झापा क्षेत्र नं १ ले पनि प्रदेश (क ) र (ख )केन्द्रित दुईसाताब्यापी कार्यक्रम तय गरेको छ । केन्द्रीय प्रतिनिधिद्वय रमेशजंग रायमाझी र विन्दिया कार्कीको उपस्थितिमा क्षेत्रीय सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न प्रदेश क र ख को संयुक्त बैठकले जागरण अभियानका लागि कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रममा प्रदेश (ख )का लागि भदौ २७ गते मेचीनगर ११ र १२, भदौ २८ गते बुद्धशान्ति ४ र ७, भदौ २९ गते बुद्धशान्ति ५ र ६, भदौ ३० गते भद्रपुर १०, मेचीनगर १३ र १४ मा वडास्तरीय अन्तरक्रिया कार्यक्रम तय गरिएका छन् ।

    भदौ ३१ गते मेचीनगर ९, असोज १ गते प्रदेश (क )र (ख ) को संयुक्त महिलाकेन्द्रित कार्यक्रम, असोज ४ गते सबै जनप्रतिनिधिसँग अन्तरकृया तथा असोज ५ गते युवासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

    यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत (क )का लागि पनि भदौ २७ देखि ५ गतेसम्मका कार्यक्रम तय गरिएको छ ।

    भदौ २६ गते मेचीनगरका अग्रज प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा वडा नं–१ मा अन्तरकृया, २७ गते मेचीनगर ४ र ६, २८ गते मेचीनगर ७ र ८, २९ गते मेचीनगर २ र ३, ३० गते मेचीनगर १० र ५, ३१ गते भद्रपुर ९ र मेचीनगर १५ मा वडास्तरीय कार्यक्रम अन्तरक्रिया तय गरिएको हो ।

    यसैगरी झापा क्षेत्र नं ५ ले पनि भदौ २८ गतेदेखि ७ गतेसम्मका कार्यक्रम तय गरेको छ । ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षता र केन्द्रीय प्रतिनिधिद्वय विनोद राई र शेखरचन्द्र थापा तथा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको उपस्थितिमा प्रदेश (क )र (ख ) का सभापति तथा पदाधिकारी, सदस्यहरुको बैठकले कार्यक्रम तय गरेको हो ।

    २८ गते प्रदेश निर्वाचन क्षेत्र क र ख ले सामाजिक विकृति विसंगतिविरुद्ध विशेष सामाजिक संवाद, ३० र ३१ गते क्रमशः ख र क का अग्रज प्रजातान्त्रिक योद्धाहरुको सम्मान, असोज २ गते जनप्रतिनिधि तथा पार्टीका भातृ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया, ४ गते युवा केन्द्रित कार्यक्रम तय गरिएको झापा क्षेत्र नं–५ का क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए ।

    हिपतम अभियान पाँचथरमा शुरु

    नेपाली काँंग्रेसले प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस’ (हिपतम ) अभियान पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं–५ घुर्विसे पञ्चमीबाट शुरु भएको छ ।

    नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर पाँचथर जिल्लाको प्रदेश(ख निर्वाचन क्षेत्रको घुर्विसे पञ्चमी परिषरमा १०६ वटा विरुवा रोप्दै अभियानको प्रारम्भ गरिएको हो ।

    पाँचथरको प्रदेश (ख )निर्वाचन क्षेत्रका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि देउमान थेवेले बृक्षरोपणस्थलमै वीपीको तस्विरमा माल्यार्पण गरी जागरण अभियानको सुभारम्भ गरे ।

    कांग्रेस फाल्गुनन्द गाउँ समितिका कार्यबाहक सभापति मणि चेम्जोङको आतिथ्य र देउकुमार थेबेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाँचथर जिल्ला सभपति नरेन्द्रकुमार केरुङ , महासमिति सदस्य रामराज आङ्देम्बे फाल्गुनन्द गाउँपालिका कार्यबाहक अध्यक्ष देबिकाकुमारी आङ्देम्बे लगायत नेताहरुको आतिथ्य रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology