वाणिज्य संघको नवनिर्वाचित समितिलाई बधाई शुभकामना


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • दमक,२५ भदौ । दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिको सम्मानमा आज यहाँ बधाई शुभकामना कार्यक्रम गरिएको छ । संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको अगुवाईमा वाणिज्य संघका नवनिर्वाचित समितिका पदाधिकारी,सदस्यहरुको सम्मानमा एकैसाथ वधाई तथा शुभकामना प्रदान गरिएको हो ।

    गत भदौ २० गते सम्पन्न वाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले अध्यक्षसहित बहुमत ल्याएको थियो । संयुक्त लोकतान्त्रिक व्यवसायी समूहमा नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी नेपाल, संघीय लिम्बुवान पार्टी, नेकपा माले लगायतका दलहरुका व्यवसायीहरु सम्मलित थिए ।

    संघीय संसद सदस्य सुब्बालगायतका गठबन्धनमा सम्मलित दलका नेतृत्वहरुले निर्वाचित व्यवसायीहरुलाई खादा ओढाएर बधाई शुभकामना दिए । त्यस अवसरमा बोल्दै दलीय नेतृत्वले सत्तारुढ नेकपाको हठ्का कारण दमकको वाणिज्य संघको निर्वाचनमा दलहरु एक हुन बाँध्य भएकाले त्यसलाई थप मजवुत वनाउदै लैजानु पर्ने जोड दिए ।

    कांग्र्रेस नेतृ तथा संघीय संसदकी सदस्य सुब्बाले नेकपाका व्यवसायीलाई हराउदै वाणिज्य संघमा संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको जितले भोलिको राजनीति भविष्य निर्धारण गर्ने भएकाले व्यवसायीहरुले सधै व्यवसायिक हितका पक्षमा इमान्दार भई काम गर्नु पर्ने शुभकामना दिईन् ।

    कार्यक्रममा राप्रपाका नेता तथा दमक ७ का वडाध्यक्ष भीम पौडेल, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय वराल, समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ्ग लगायतले सत्तारुढ नेकपाको दम्भलाई तोड्न वाणिज्य संघको निर्वाचनमा दलीय एकताले इतिहास निर्माण गरेको वताएका थिए ।

    त्यस अवसरमा वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले दमकको व्यवसायिक विकास गर्न हिजो गरिएका साझा चुनावी एजेण्डाहरु पूरा गराई छाड्ने पुनः प्रतिवद्धता दोहो¥याँएका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology