दमकमा बास्किन एण्ड रविन कम्पनीको आइसक्रिम पार्लर


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • दमक,२५ भदौ । झापाको दमक ६ स्थित नमुना मार्गमा रोयल्टी एण्ड के इन्टरप्राइजेजले करिब ५० लाख रुपैयाको लगानीमा अमेरिकी ब्राण्डको आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको छ । दमकका दुई युवा व्यावसायी सुमन कोईराला र प्रकाश थापाले सो पार्लर सञ्चालनमा ल्याएका हुन ।


    अमेरीकी ब्राण्डको बास्किन एण्ड रविन कम्पनीको भारतमा उत्पादन भएका तीस वटा स्वादका आइसक्रिमहरु विक्रि बितरण गर्ने उद्देश्यले पसल सञ्चालनमा ल्याईएको सञ्चालक सुमन कोइरालाले बताए । सो पसलको आज एक कार्यक्रमका वीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र संघका नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठले एक साथ रिवन काटेर उद्धघाटन गरे ।
    सो अवसरमा संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, सदस्य चन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो । विभिन्न ३० वटा स्वादमा उपलव्ध हुने आईसक्रिमको न्युनतम १ सय ४५ रुपैयादेखि माथिको पर्ने सञ्चालकहरुले जनाएका छन् ।
    दमकको मुख्य बजारमा गा्राहकहरुको चाहना अनुसारका आईसक्रिमहरु सहज र सस्तो दरमा उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश थापाले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology