संविधान दिवसका अवसरमा नेकपाले बिर्तामोडमा १५ हजार कार्यकर्ता भेला गर्दै मनाउने

जनसभामा झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थिति रहने बताइएको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६


  • बिर्तामोड । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको सहभागितामा गर्ने जेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो।

    पाचौं संविधान दिवसलाई झापामा भव्य रुपमा मनाउने निर्णय गरेको बताउँदैं पाठकले भन्नुभयो– जनसभामा झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थिति रहनेछ । सो कार्यक्रमलाई पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने पाठकले जानकारी दिनुभयो । जनसभामा क्षेत्र नं. १ बाट २५ सय, क्षेत्र नं. २ बाट ५ हजार , क्षेत्र नं. ३ बाट १५ हजार, क्षेत्र नं.४ बाट २ हजार र क्षेत्र नं.५ बाट २५ सय सहभागी जनालाई गराउने बताइएको छ ।

    संविधान दिवसको कार्यक्रम आयोजनाका लागि प्रेम गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजकमा अरुण श्रेष्ठ र सदस्यहरुमा खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी , एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई , हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई र शिव ढुङ्गेल रहेका छन् ।

    बैठकले संविधान दिवसका दिन स्थानीय स्तरमा असोज ३ गते बेलुका दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology