उर्लाबारीमा १० जना जुवाडे प्रहरी फन्दामा


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


  • उर्लाबारी ,२४ भदौ। मोरङको उर्लाबारी जुवाको अखडा बनिरहेको गुनासो आइरहेको बेला उर्लाबारी प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ । उर्लाबारी–५ स्थित होटल सम्राटबाट मंगलबार विहानको राती १२ः३० मा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षक सुभाष राईको नेतृत्व टोलीले ती जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका वडा नं ६ मन २१ बर्षीय आकाश थापा, सोही नगरपालिका वडा नं १ का ३८ बर्षीय राजु भनिएका सञ्जिब गिरी र सोही ठाउँका ३५ बर्षीय नरेन्द्र लिम्बू रहेका छन् ।

    त्यस्तै, पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं ५ का ३३ बर्षीय विकास राई, सोही वडाका ३२ बर्षीय सन्तोष भनिएका विशाल राई, सोही वडाका ४२ बर्षीय कृष्ण अधिकारी, उर्लाबारी नगरपालिका वडा नं ३ का ४० बर्षीय दिनेश थापा, सोही ठाउँका ३५ बर्षीय जाइतो चेम्जोङ, उर्लाबारी नगरपालिका वडा नं ७ का २२ बर्षीय मोहन कटुवाल र ४१ बर्षीया अशोक राई रहेको प्रहरीले जनाइएको छ । पक्राउ परेका कटुवाल होटलका कर्मचारी हुन् ।

    मध्यरातको समयमा होटलमा होहल्ला र झगडा भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ नगदसहित पाँच बुङ्ग तास फेला पारेको थियो । पक्राउ परेका १० जनालाई नै जुवा ऐनअन्तरगत मुद्दामा म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राईले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology