शुभकामना शाकोसको साधारणसभामा सम्मान र पुरस्कार


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


  • दमक,२४ भदौ । दमक ६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले मंगलवार विभिन्न कार्यक्रम गरि आफनो सातौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा कार्यक्रम गरि संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुसहित संस्थाको वजेट ,नीति तथा कार्यक्रम समेत पारित गरिएको थियो ।

    ज्येष्ठ शेयर सदस्यलाई छाता दिदै नगर उपप्रमुख अधिकारी ।

    साधारणसभाको उद्घाटनमा उत्कृष्ठ बचत तर्फ २५ जना, कर्जातर्फ १२ ,२२ जना ज्येष्ठ शेयर सदस्य र पाँच जना एकल महिला शेयर सदस्यलाई सामूहिक रुपमा सम्मान गरिएको व्यवस्थापक देउमान विश्वकर्माले जानकारी दिएका छन् । ज्येष्ठहरुलाई दिर्घजीवनको कामना गर्दे संस्थाले छाता उपलव्ध गराएको थियो । त्यस्तै, पाँच जना बाल बचतकर्तालाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो ।
    साधारणसभामा वर्ष उत्कृष्ठ कर्मचारीका रुपमा अरुणा लिम्बु,उत्कृष्ठ बजार प्रतिनिधि पुरस्कारवाट भिममाया दर्जी, हिरो अफ द इयर अवार्डवाट व्यवस्थापक विश्वकर्मालाई नगदसहित पुरस्कृत गरियो भने कर्मचारीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, जिल्ला सहकारी संघका सदस्य प्रेमकुमार कोइराला लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
    सो सभामा संस्थाका अध्यक्ष चन्द्रबहादुर गजमेरले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक टिकाराम अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक विश्वकर्माले जनाएका छन् । संस्थाका उपाध्यक्ष शेरवहादुर गजमेरले स्वागत मन्तव्य राखेको साधारणसभामा प्रमुख अतिथि उपप्रमुख अधिकारी,वडाध्यक्ष थापा, जिल्ला सहकारी संघका सदस्य कोइराला, सहकारी वैक दमकका प्रमुख विवेक डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
                      कारोवारमा बृद्धि
    संस्थाको गत आर्थिक बर्षमा ३६ लाख ९३ हजार दुई सय शेयर पूंजी रहेकोमा आर्थिक बर्ष २०७५।७६मा दोव्वर वृद्धि गर्न सफल भएको छ । संस्थाको कुल शेयर पूंजी ७७ लाख १३ हजार ५ सय पुगेको छ । यस्तै,ऋण तर्फ १ करोड ६१ लाख ९६ हजार ३ सय २७ वाट बृद्धि भई ६ करोड ६ लाख ७३ हजार ९ सय २५ पुरयाँउन सफल भएको प्रतिवेदनमा उल्लेख छ । चालु वर्ष त्यसलाई १० करोड पुरयाँउने लक्ष्य लिएको अध्यक्ष गजमेरले जनाएका छन् ।
    यस्तै बचत तर्फ ८ करोड ३५ लाख ४५ हजार २२३ बाट गतवर्ष ७७ करोड ६ लाख ७८ हजार ६८८ रुपैया पुगेको छ भने चालु वर्षमा १ करोड पुरयाँउने लक्ष्य रहेको उल्लेख छ । यसेगरि संस्थाले संस्थामा गतवर्षसम्म पुरुष १६४८ र महिला १३७९ गरि कुल ३०२७ जना शेयर सदस्य छन् ।

                       पत्रकारिता पुरस्कार सुव्वालाई
    गतवर्षदेखि वितरण गर्दे पत्रकारिता पुरस्कारवाट पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् । लामोसमयदेखि दमकलाई कर्मथलो वनाएर सहकारीका क्षेत्रमा कलम चलाएवाँपत सुब्बालाई सहकारीले नगद ५ हजार एक सय र सम्मान पत्र सहित पुरस्कृत गरेको हो ।

    साधारणसभाको उद्घाटनमा क्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सुब्बालाई सो सम्मान प्रदान गरेकी थिईन् ।
    दुई दशक देखि पत्रकार सुब्बा राससको जिल्ला स्ट्रिङ्गरका काम गरिआएका छन् भने दुई वर्षदेखि हाम्रो दमक डटकम अनलाइन न्यूज पोर्टलका कार्यकारी सम्पादकका रुपमा कार्यरत छन् । भदौमा मात्र सुब्बा दमकको स्वर्णलक्ष्मी र फाल्गुनन्द शाकोसले वितरण गर्देआएको सहकारी पत्रकारिता पुरस्कारवाट पुरस्कृत भइसकेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology