चाडपर्वमा दमक वजार खुला


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६


  • दमक,२४ भदौ । नजिकिएको दशै,तिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दे झापाका मुख्य वजारहरु खुला रहने भएका छन् । जिल्लाको दमक,विर्तामोड,धुलावारी लगायतका वजारहरु चाडपर्वमा किनमेल गर्न सहज होस भन्दै वजार खुला रहने भएका हुन् ।


    प्रत्येक शुक्रबारका दिन साप्ताहिक रुपमा बन्द हुँदै आइरहेको दमकको वजार आगामी शुक्रवारदेखि नै खुला रहने दमक उद्योग वाणिज्य संघले जनाएको छ । संघले आज सूचना निकालेर साप्ताहिक रुपमा वन्द हुदैआएको शुक्रवार कातिक १५ गतेसम्म खुला रहने जनाएका हुन् । चाडपर्वका समयमा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै आगामी शुक्रबार भाद्र २७ गते देखि कात्र्तिक १५ गते शुक्रबारसम्म प्रत्येक हप्ताको शुक्रबारका दिन समेत सम्पूर्ण पसल, व्यवसायहरु खुल्ला रहने कार्यालय प्रमुख निरज विष्टले जानकारी दिएका छन् ।
    यता गौरादह,गौरीगञ्जका वजारहरु समेत दशै,तिहारलाई लक्षित गरि सातैदिन वजार खुला रहने त्यहाँस्थित वाणिज्य संघहरुले जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology