विर्तामोडको बजेट एक अर्ब १२ करोड बढी


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • झापा, २३ भदौ । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६ । ०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    ‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि, सभ्य र स्वस्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि’ भन्ने मूल नारासहित नगरले आव २०७६। ०७७ का लागि सो बजेट आज सार्वजनिक गरेको हो ।

    तेस्रो नगरसभाबाट पारित गरी सार्वजनिक गरिएको बजेट, नीति तथा कार्यक्रममा आन्तरिक आम्दानीतर्फ रु २० करोड २७ लाख ५० हजार, ९घर जग्गा रजिष्टे«सन नौ करोडसमेत० नेपाल सरकार वित्तीय समानीकरणबाट रु २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ८२ लाख ९४ हजार, नेपाल सरकार सशर्त अनुदान रु २४ करोड ८२ लाख, सामाजिक सुरक्षाभत्ता रु १० करोड, समपूरक कोषबापत रु दुई करोड, लगत सहभागिताबापत रु ८० लाख सङ्घीय सरकारको राजश्व बाँडफाँटबापत प्राप्त हुने रकम रु १३ करोड आठ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक करोड ५७ लाख दुई हजार, एडिवीमार्फत रु १७ करोड, समपूरक अनुदानबापत रु दुई करोड र जिससमार्फत रु ९९ लाख आम्दानी अनुमान गरी सोहीबमोजिमको रकम खर्च हुने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
    कार्यक्रममा यहाँ रहेका सञ्चारमाध्यममध्ये कञ्चनजङ्घा एफएमलाई उत्कृष्ट तथा नगर शिक्षा विकास पत्रकारिताबाट पत्रकार कृष्ण हुमागाईं र राजु पाठकलाई नगद रु १५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै विर्तामोडमा रहेका अस्पताल, नौवटै वडा कार्यालयमा उत्कृष्ट काम गर्ने समूह, उत्कृष्ट राष्ट्रसेवक पुरस्कार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नं १ का सवित टीका अधिकारीलाई प्रदान गरियो । त्यस्तै कार्यक्रममा पूर्वनगर शिक्षा अधिकृत युवराज पाण्डेलाई समेत सम्मान गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology