पूर्वेली साप्ताहिकका सम्पादक वाग्ले सम्मानित


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • बुद्धशान्ति । झापाको बुद्धशान्तिबाट प्रकाशित हुने पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले सम्मानित भएका छन् । होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ ले आप्mनो १० औं साधारण सभाको अवसर पारेर उनलाई सोमबार सम्मान गरेको हो ।

    सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ । संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता तथा नेपाल डेरी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा ऋतिका डेरी उद्योगका संचालक राजन चिमरियाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट शेयर ऋणीमा बालकुमार राई, उत्कृष्ठ शेयर सदस्यमा मेघनाथ कट्टेल, उत्कृष्ट कृषकमा केदारनाथ तिम्सिना, उत्कृष्ट समूह संयोजकमा सुम्निमा ढुंगेल, उत्कृष्ट बचत कर्तामा हाम्रो कल्याण कोष, उत्कृष्ट रिचार्ज कर्तामा भोगेन्द्र तिम्सिना, कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुनेमा त्रिभुवन माविका विजिता खाती र भिष्म रिजाललाई सम्मान गरिएको छ । त्यस्तै झापा जिल्ला सहकारी संघलाई पनि सम्मान गरिएको छ ।

    संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ठ अतिथि चिमरिया, सम्मानित व्यक्तित्व तथा पूर्वेली साप्ताहिकका सम्पादक वाग्ले, पशुसेवा शाखा बुद्धशान्तिका सूर्यमान तामाङ, जयपूर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष तिम्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम व्यवस्थापक पर्शुराम नेपालले सञ्चालन गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology