दमक र कमलमा राजपाको संगठन विस्तार


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • दमक,२३ भदौ । झापाको दमकमा राष्ट्रिय जनता पार्टीले संगठन विस्तार गरेको छ । सोमबार सम्पन्न नगरस्तरिय कार्यकर्ताहरुको भेलाले चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा पार्टीको दमक नगर समिति गठन गरेको हो । गठित नगर समितिको उपाध्यक्षमा मनोज श्रेष्ठ,सचिवमा शुरेस ठाकुर,सहसचिवमा गंगा श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण भट्टराई चयन भएका छन् ।


    नौ सदस्यीय नगर समितिको सदस्यहरुमा विनोद लिम्बु,रञ्जित झा,मिना केरुङ्ग र राजु जमदार चुनिएको पार्टीका नगर अध्यक्ष राजवंशीले वताए ।
    यसैगरि पार्टीले महेशलाल राजवंशीको अध्यक्षतामा कमल गाँउपालिकामा समिति समेत गठन गरिएको जनाएको छ । संगठन सुढृढिकरण अभियान अन्तर्गत कमलमा गाँउपालिकास्तरिय समिति विस्तार गरिएको हो । गठित समितिको उपाध्यक्षद्धयमा शुकल हस्दा,शारदा राजवंशी,सचिवमा गोपीचन राजवंशी,सहसचिवमा अनिता राजवंशी र कोषाध्यक्षमा रामप्रसाद राजवंशी लगायत रहेका छन् ।
    यसैगरि पार्टीले दमक र कमलका आधा दर्जन बढी वडाहरुमा समेत संगठन विस्तार गरिएको पार्टीका नगर सभापति राजवंशीले वताएका छन् । उनका अनुसार कमल ४ मा गठित वडा समितिको अध्यक्षमा वालकृष्ण भटटराई ,योगेन्द्र ताजपुरियाको अध्यक्षतामा कमल ५ वडा समिति,जयकुमार राजवंशीको अध्यक्षतामा कमल ६ को वडा समिति गठन गरिएको छ । यस्तै, दमक ४,५ र ६मा क्रमशः कमल प्रसाद राजवंशी, विनोद लिम्बु र विकास राजवंशीको अध्यक्षतामा वडा समिति गठन गरिएको जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology