बुधबारे जेसिजद्धारा एक सय ६ वर्षीय वाग्ले सम्मानित


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • बुद्धशान्ति । झापाको बुद्धशान्तिमा सो गाउँपालिकाकै जेष्ठ नागरिक सम्मानित भएका छन् । बुद्धशान्ति एकका एक सय ६ वर्षीय जेष्ठ नागरिक हरिप्रसाद वाग्ले सोमबार सम्मानित भएका हुन् । बुधबारे जेसीजले जेष्ठ नागरिक वाग्लेलाई उनको घर बुद्धशान्ति १ मै गएर सम्मान गरेको हो ।

    बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल लगायतको उपस्थितिमा वाग्लेलाई सम्मान पत्र तथा खदा ओडाएर सम्मान गरिएको थियो । जेष्ठ नागरिकका जीवन भोगाईलाई नयाँ पुस्ताले ग्रहण गर्दा सत्कर्मका लागि प्रेरित हुन सकिन्छ भन्दै बुधबारे जेसीजका अध्यक्ष वरालले जेष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरैकुरा सिक्न जरुरी रहेको बताए ।

    बुधबारे जेसीजका महासचिव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी गजुहाङ योङहाङले सम्मान पत्र बाचन गरेका थिए । यसैकार्यक्रमबाट बुधबारे जेसीजको जेसीज सप्ताह शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत साताभरी विभिन्न कार्यक्रम गरिने सप्ताह कार्यक्रमका मूल संयोजक जेसी सेमन्त पोखरेलले बताएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology