झापाको दुई स्थानमा बम विष्फोट


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६


  • झापा ,२३ भदौ । झापाको दुई स्थानमा गएराती बम विष्फोट भएको छ । गौरादह नगरपालिका र साहारा नेपाल साकोसको भवनमा आज्ञात समूहले राति बम बिष्फोट गराएका छन ।

    बिफोष्टका कारण गौरदहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको एक थान गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार राति साढे १२ वजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको बोलेरो गाडी पूर्ण रुपमा क्षतिभएको हो ।

    बम बिष्फोटका कारण कार्यालय परिसरमा राखिएको गाडी पूर्ण रुपमा क्षति भएसंगै प्रहरी घटनास्थललाई सुरक्षित बनाएको छ । कार्यालय भित्र समेत अन्य शंकास्पद बस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिपोजल टोली बोलाएको बताइएको छ ।

    यता बिर्तामोड नगरपालिका – २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

    घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुबै तर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्पल)का कार्यकर्ताले बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्वेवारी कसैले पनि लिएका छैनन् ।

    यस अघि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत वम विष्फोट भएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology