जीवन चौकमा बजार लाग्ने


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • कमल,२२ भदौ । झापाको कमल गाउँपालिकास्थित जीवन चौकमा आगामी असोज ६ गते सोमबारबाट साप्ताहिक हाटबजार सुरु हुने भएको छ । वडां ४ र ६ को संगम स्थल मानिने जीवन चौकमा प्रत्येक सोमबार हप्ताको एक पटक हाटबजार लाग्ने भएको हो । शनिबार सम्पन्न स्थानीयहरुको बृहत भेलाबाट बजार सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।


    भेलाले राजकुमार तामाङको अध्यक्षतामा २१ सदस्यीय बजार व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
    उनले गाउँमा बजार नहुदाँँ टाढाको बजार सम्म पुग्नुपर्ने समस्या रहेकाले आफनै ठाँउमा बजार सञ्चालन गर्न तयारी थालिएको बताएका छन् ।
    सामान्य उपभोग्य वस्तु लिनको लागि समेत उपभोक्ताहरु दैनिक दमक, गौरादह र केरखा बजार १ घण्टाको बाटो हिड्नु पर्ने भौगोलिक बाँध्यता रहेकोमा अब यहीँ वजार शुरु भएपछि स्थानीय उत्पादनहरु किनबेच गर्न सहज भएको स्थानीयवासीहरु बताउँछन् ।
    उक्त क्षेत्रमा करिब २० वर्ष देखि किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी अग्नि प्रसाद सुवेदी व्यवस्थित रूपमा बजार सञ्चालन भए पछि समय र पैसाको समेत बचत हुने बताउँछन् । दिन माया मारेर टाढाको बजार सम्म पुग्नुपर्ने झन्झटबाट छुट्कारा मिल्ने सुबेदीले बताए ।
    उक्त बजार दमकबाट करिब ६ किमी दक्षिणमा पर्दछ । उक्त बजार सञ्चालनमा आएपछि स्थानीय कृषकहरुलाई आफुले उत्पादन गरेको कृषिजन्य सामाग्रीहरु विक्री बितरण गर्न समेत सहज भएको बताउँछन् । बजार सञ्चालनमा आएपछि स्थानीय व्यापारीका अतिरिक्त बाहिर बाट समेत ब्यापारीहरु आउन सक्ने सम्भावना देखिएको छ ।
    बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि गाउँपालिकाको समेत साथ र सहयोग रहनु पर्ने खाँचो देख्छन् स्थानीय व्यवसायी सुवेदीले वताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology