गैर आवासीय नेपाली संघ इजरायलले पायो नयाँ नेतृत्व


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • इजरायल | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।

    संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा एकलौटी निर्विरोध निर्वाचित भएको बताइएको छ ।

    निर्वाचन समितिले औपचारिक रुपमा कार्य समितिको पदधिकारीहरुको घोषणा छैटौ राष्ट्रिय अधिवेशनको तोकिएको मिती १४ सेप्टेम्बर (शनिबार)को दिन घोषणा गर्ने बताएको छ ।

    नव निर्वाचित पदाधिकारीहरुमा आइसीसी सदस्य – विशाल ज्ञवाली, अध्यक्ष – शान्ता अधिकारी ज्ञवाली, बरिष्ठ उपाध्यक्ष – गणेश गिरि, उपाध्यक्ष – निलम गिरि, महिला उपाध्यक्ष – माला गोले तामाङ, महासचिव – श्रीकृष्ण भण्डारी,  सह-सचिव – भरत बहादुर थापा, कोषाध्यक्ष – सुनीता भट्टराई, सह-कोषाध्यक्ष – अलि महमद मिया, महिला प्रतिनिधि – सुष्मा शाही (सुमी), पुरुष प्रतिनिधि – डी बी बुढाथोकी र सदस्यहरुमा अर्पना कुमारी चौधरी, राधा बास्तोला, सिन्धु पौडेल, सावित्री देवी सुनुवार रहेका छन् भने सचिब पद हाललाई खाली राखिएको छ ।

    संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि निर्वाचन समिति संयोजकमा सुवास खरेल, सचिव: खगेश्वर अधिकारी र सदस्यहरुमा बीबी लामा तामाङ, सुन्दर नेपाल र सन्दिप भण्डारीको ५ समिति तयार गरिएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology