टोल सुरक्षाका लागि रात्री गस्ती


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • दमक ,२२ भदौ । आफना टोलमा दुले चोरीको विगविगी वढ्ेपछि झापा, दमक ८ विकास मार्गका स्थानीयहरुले रात्री गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाहरुको सक्रियतामा गाँउलेहरुले महिनादिन यता दिनहुँ रात्री गस्ती गर्न थालेका हुन् ।
    चाडपर्व भित्रन लागेपछि टोलमा दुले चोरको विगविगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाँँउलेहरुकै सक्रियतामा टोलमा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र वजगाईले बताएका छन् । उनका अनुसार गस्ती शुरु गरिएपछि दुले चोरीको घटनामा समेत नियन्त्रण आएको छ । गस्ती शुरु गरिएपछि सिंगो टोलबासीले राहत पाएको उनले दावी गरे । गस्ती प्रभावकारी वनाउन स्थानीयले प्रहरी,वडा कार्यालयको समन्वयमा काम अगाढी वढाएको बजगाईले बताए ।

    वजगाईले भने, –‘ टोलवस्तीमा सुरक्षा दिन टोलवासी संगठित भई निरन्तरता दिने सोच बनाएका छौ । ’ गस्तीका क्रममा हुन सक्ने अपराधिक कार्य नियन्त्रण गर्न आवश्यकता अनुसार प्रहरीसंग समन्वय गरिआएको समेत उनले जनाए ।
    टोलका युवाहरुसंग समन्वय गरि राती दैनिक १० वजेदेखि विहानसम्म समूह बनाएर गाँउको गस्ती कार्य शुरु गरिएको वजगाईले जनाएका छन् । गस्तीमा क्रममा टोलमा रातीपख हिडडुल गर्ने शंकास्पद लागे त्यस्ता मान्छेलाई नियन्त्रणमा लिई सोधपुछ गरिआएको उनले वताए । त्यस्तै, जाँडरक्सी खाएर टोलमा होहल्ला गर्नेलाई पनि गस्तीले निगरानी गरिआएको गस्तीमा सहभागि स्थानीय पदम जवेगुले वताएका छन् ।
    गाँउमा हुने चोरी लगायतका अपराधिक कार्य नियन्त्रण गर्न गस्ती शुरु गरिएपछि त्यस्ता घटनामा नै कमी आएको समेत गाँउलेहरुले वताएका छन् । विकास मार्ग टोलमा करिव सय घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनँहु जसो घरायसी समान चोरी हुदै आएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology