‘दउवासंघ’मा लोकतान्त्रिकको शानदार जित

 लेखामा एक लोकतान्त्रिक,२ प्रगतिशिल


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • दमक, २२ भदौ । यहाँस्थित दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले सत्तारुढ नेकपाको प्रगतिशील व्यवसायीलाई हराउदै शानदार जित हासिल गरेको छ । आज विहान मतगणनाको अन्तिम नजिता अनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक र सत्तारुढ नेकपाको निकट प्रगतिशील समूहले भने एक पदाधिकारी,एक लेखा संयोजक गरि १० वटा पद जितेको छ । अध्यक्ष,लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरि ४४ जना उम्मेदवारहरु निर्वाचनमा प्रतिष्पर्धी थिए ।

    अध्यक्षमा श्रेष्ठ निर्वाचित

    अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी बने । उनले १४११ मत प्राप्त गरि विजयी वने भने उनको प्रतिद्धन्दी नेकपा निकट प्रगतिशिल समूहका विमल खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रहयो ।

    पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष बाहेक सवै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायीहरु निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी बए । उनका प्रतिद्धन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

    त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिकै राजु खड्काले १२०९ मत प्राप्त गरि बिजयी बने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । यस्तै द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी वने भने उनका प्रतिद्धन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरेका थिए ।

    यस्तै ,तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२ ) बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिईन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

    महिला सदस्यमा निरौला र सिटौला

    यसैगरी खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला (११३६ ) र प्रगतिशिलकी लक्कि सिटौला( ९७९ ) बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिईन् ।

    बस्तुगतमा २ लोकतान्त्रिक ,तीन प्रगतिशिल

    बस्तुगत तर्फलोकतान्त्रिक समूहबाट दुई जना र प्रगतिशिलबाट तिनजना बिजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकालले १३१६ र रुबल अधिकारीले ११९४ मत ल्याएर बिजयी वने भने प्रगतिशिलका गायत्री पौडेल १२९६, राजेश अधिकारी ११६३ र दिनेश सुवेदी ११८४ मत प्राप्त गरी बिजयी बने । बस्तुगत सदस्यमा लोकतान्त्रिकका तिलबहादुर डाँगी (तिलक )७७४,प्रकाश नेपाल ८९८, भेनस श्रेष्ठ ११४८ र प्रगतिशिलका राधाकृष्ण आचार्य ८७० मत पाएका छन् ।

     खुल्ला सदस्यमा .तीन,तीन

    यसैगरि ६ खुल्ला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री ( १२९४ ),तुलसीराम तिम्सीना ( ११८७ ) ,नविन अग्रवाल ( १२०३ ) र प्रगतिशिलका असिम राई ( १०८३ ) भरत कुमार चम्लागाई (१२२२) र राजकुमार थापा ( १२०५ ) मत प्राप्त गरि विजयी वनेका छन् । खुल्ला सदस्य पदम न्यौपाने १००१,रुपक दाहाल (रुपक) ९३०, संजित रौनियार ८३६,सुवासचन्द्र गड्तौला ९०१, सुमन काफ्ले ९३४ र सुरज लिम्बु ८९० ले मत पाएका थिए ।

     लेखामा एक लोकतान्त्रिक,२ प्रगतिशिल

    तीन सदस्यीय लेखातर्फ संयोजकमा प्रगतिशिलका खोम प्रसाद बगालेले १२२३ मत ल्याएर विजयी वने भने उनका प्रतिद्धन्दी लोकतान्त्रिकका पारसमणी आचार्यले १०५९ मत प्राप्त गरे । दुई लेखा सदस्यमा लोकतान्त्रिका कृष्णराज दाहालले १३२४ र प्रगतिशिलका मोहन मागर मिनले ११०९ मत प्राप्त गरि विजयी बने । सदस्यतर्फ लोकतान्त्रिकका दिपेन्द्र तिवारी १०१२ र प्रगतिशिलका लाल बहादुर श्रेष्ठले ९७३ मत प्राप्त गरेका थिए ।

    संघको तीन वर्से कार्यकालको गत शुक्रवार भएको निर्वाचनमा २६८० मध्ये २३३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशिल र नेपाली कांग्रेससहितहका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूह प्रतिष्पर्धामा थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology