अध्यक्षमा लोकतान्त्रिकका श्रेष्ठ विजयी


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६


  • दमक,२१ भदौ । दमक उद्योग वाणिज्य संघको निर्वाचनको जारी मतगणनामा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठ जितको नजिक पुगेका छन् । खसेको कुल २३६० मत मध्ये बाकी २६० मतको परिमाण नआउदै श्रेष्ठले कायम राखेको अग्रताले उनी जितको नजिक पुगेका हुन् । श्रेष्ठको अग्रता ४३८ रहेकाले प्राविधिक रुपमा घोषणा गर्न मात्र बाकी रहेको वतार्ईएको छ ।


    जारी २१ सय गणनामा श्रेष्ठले आफना प्रतिद्धन्दी प्रगतिशिल समूहका विमल खतिवडालाई ४३८ मतको अन्तरले अग्रता कायम राखेका हुन् । श्रेष्ठले १२५५ ल्याएका छन् भने खतिवडाले ८१७ मत ल्याएर पछ्याईरहेका छन् ।
    प्रगतिशीलले पदाधिकारीको वरिष्ठ उपाध्यक्षमा भने आफनोृ अग्रता कायम राखेका छन् ।
    निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रगतिशिल तर्फका उम्मेदवार गोपाल गुरागाईले ११३१ ,लोकतान्त्रिकका सुरज आचार्य ९०५ , प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले १०७६ , प्रगतिशिलका युवराज घिमीरेले ९५१, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ९०० , प्रगतिशिलका घनश्याम खनालले ८१५ ,स्वतन्त्र टिका प्रसाईले ३०८ मत प्राप्त गरेका छन् । यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिककी रमा लिम्बुले १०७० र प्रगतिशिलका ज्ञानु पौडेलले ९४५ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन् ।

    बस्तुगत सदस्य तर्फ( २२०० को गणना )
    वस्तुगत २२०० मत गणना गर्दा गायत्री पौडेल (सन्तोष १२०५, दिनेश सुबेदी ११११, तिलबहादुर डाँगी (तिलक) ७२०, तोयानाथ अधिकारी (राजेश) १०८६ ,दिनेशप्रसाद सुवेदी ११११,प्रकाश नेपाल ८३२ , भेनस श्रेष्ठ १०७४ ,मोहन ढकाल १२२३ ,राधाकृष्ण आचार्य ८२२ ,रिङ्गकुमार आचार्य १०७८ र रुवल अधिकारीले ११०९ मत पाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology