क्यानडाबाट बिकीले गरे अक्षयकोषमा सहयोग


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


  • युएई | झापाली समाज युएईले स्थापना गर्न लागेको असहाय बालबालिकाहरुको अक्षय कोष मा झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य बिकास आचार्य (बिक्की)ले आर्थिक सहयोग गर्ने भएका छन् ।

    वैदेशिक रोजगारीको क्रममा लामो समय युएईमा रहेका बेला झापाली समाजका गतिविधिमार्फत समाजसेवामा होम्मिएका आचार्यले आफ्नो सहयोगको सिलसिला क्यानडामा पुग्दा समेत जारी राखेका छन् ।

    तीन वर्षअगाडि रोजगारीकै क्रममा क्यानडा पुगेका आचार्य हाल आफै ब्यावसाय गरिरहेका छन् ।

    सहयोगी मनका धनी व्याक्तित्व आचार्यले युएईमा रहदा पनि समाजका महत्त्वपूर्ण अभियानमा आर्थिक, भौतिक लगायत सबै प्रकारका सहयोग गरेको अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले स्मरण गरे ।

    झापाली समाज युएईले झापा जिल्लामा रहेका असहाय र जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग पुगोस् भनी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । यो कोसमा गत वर्ष बिर्तामोडको सनराइज बैंकमा ५ लाख रुपैयाँ जम्मा गरिसकिएको छ भने आगामी तिहार अगाडि पुन ५ लाख जम्मा गर्ने अभियान जारी रहेको अभियान संकलन समितिका कोसाध्यक्ष कृष्ण फुयालले जनाएका छन् ।

    झापाली समाज युएईका आजिवन सदस्य समेत रहेका बिकास आचार्यले यो कोषमा आफ्ना बुबा मीनराज आचार्य, आमा निर्मला आचार्य र आफ्नो नाममा गरी नेपाली १० हजार रुपैयाँ जम्मा गर्ने भएका छन् । यो अभियान आगामी सेप्टेम्बर १५ सम्म रहने र अक्षयकोष नियमावली जारी गरी सबै दाताहरुलाई अभिलेखिकरणका साथै सम्म्मान गर्ने समाजको योजना रहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology