लोकतान्त्रिक व्यवसायीले गरे मतदानस्थलको सरसफाई

चलचित्र व्यवसायी चैतन्य बरालको संयोजकत्वमा व्यवसायीहरुको एक समूहले मतदानस्थलको फोहोर संकलन गर्नुका साथै सामूहिक सरसफाई गरिएको


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०७६


  • दमक,२१ भदौ । दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हिजो शुक्रवार भएको निर्वाचनमा मतदानस्थल क्षेत्रमा पर्चा पम्प्लेट जस्ता प्रचार सामग्रीले यत्रतत्र फोहोर भएपछि संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले आज विहान मतदानस्थलमा सरसफाई गरेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको सभाहलमा सम्पन्न निर्वाचनमा उम्मेदवारहरुले आफूलाई मत मागेका विभिन्न पर्चा सामग्रीहरु वितरणका क्रममा जथाभावी यत्रतत्र छरिएपछि लोकतान्त्रिक व्यवसायी समूहको सक्रियतामा फोहोर संकलन गरिएको हो ।

    चलचित्र व्यवसायी चैतन्य बरालको संयोजकत्वमा व्यवसायीहरुको एक समूहले मतदानस्थलको फोहोर संकलन गर्नुका साथै सामूहिक सरसफाई गरिएको लोकतान्त्रिक व्यवसायी संघका अध्यक्ष बबरजंग थापा (किरण ) ले जानकारी दिए ।  आफूले प्रयोग गरेका पर्चा सामाग्रीहरु मतदानस्थलमा त्यतिका छाड्दा रेडक्रस परिसर नै दुर्गन्धित भएकाले संघको पहलमा सरसरफाई गरिएको सो व्यवसायी संघका महासचिव मुकुन्द उप्रेतीले वताएका छन् । उनका अनुसार मतदानस्थल सरसफाई अभियानमा ठुलो संख्यामा व्यवसायीहरु परिचालित भएका थिए ।

    मतदानस्थलमा पाँच वोरा बढी पर्चाका कागजहरु संकलन गरि नष्ट गरिएको अध्यक्ष थापाले बताएका छन् । संघको निर्वाचनमा प्रतिष्पर्धी लोकतान्त्रिकसहित सत्तारुढ नेकपा निकटको प्रगतिशिल व्यवसायी समूहले ठुलो परिणममा पर्चा ,पम्प्लेट वितरण गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology