‘दउवासंघ’को निर्वाचन सम्पन्न, शनिवार विहानदेखि मतगणना


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • दमक,२० भदौ । दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज शुक्रवार सौहाद्रपूर्णले निर्वाचन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको सभाहलमा सम्पन्न निर्वाचनमा कुल २६८० मतदाता मध्ये २३६० मत खसेको थियो । यो कुल मतदाता संख्याको ८८ प्रतिशत हो । मतगणना भने भोलि शनिवार विहान ८ वजेदेखि आफनै कार्यालयबाठट शुरु गरिने गठित निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए । मतगणनाको नतिजा एक सय गणना पछि सार्वजनिक गरिदै लैजाने उनले जनाए ।


    उनका अनुसार बिहान ८ बजे देखी शुरु भई दिउँसो भने ३ वजेसम्म तोकिएपनि सभाहलमा भित्र पसेका व्यवसायीहरुले राती ७ वजेसम्म मतदानमा भाग लिएका थिए । निर्वाचन समितिले मतदान शान्तिपूर्ण बनाउनका लागि प्रहरीको सहयोगमा आवश्यक सवै व्यवस्थापन मिलाईएको थियो ।
    निर्वाचन सम्पन्न गर्न दिलीप श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय एक निर्वाचन समिति गठन गरिएको छ । आगामी तीन वर्से कार्यकालका लागि हुन लागेको बाणिज्य संघको २१ पदको निर्वाचनमा दुई स्वतन्त्रसहित ४४ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा सत्तारुढ नेकपाका प्रगतिशिल व्यवसायीका तर्फबाट अध्यक्षमा विमल खतिवडा र नेपाली कांग्रेससहितका साना दलहरुको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहका तर्फवाट गोकुल श्रेष्ठको समूह वीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology