सावधान ! डेंगुको संक्रमण, त्यसबाट जोगिने उपायहरु

मनसुन अघि निरन्तर भईरहेको बर्षाका कारण अनुकूल बातावरण पाएमा पनि यो रोग फैलन्छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • झापा । देशका धेरै भूभागमा यतिबेला डेंगुका कारण बिरामीको संख्या बढ्दो क्रममा छ । डेंगुको संक्रमण, त्यसबाट जोगिने उपायहरु र डेंगु रोगका अन्य पक्षबारे केहि जानकारी हेर्नुहोला ।

    डेंगु ज्वरो (ब्रेक बोन फिभर)

    डेंगु भाइरस एडिस एजिप्टाई जातको टाइगर मस्क्युटो भनिने संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यो शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने संक्रामक सरुवा रोग हो ।

    सामान्यतया मनसुन सकिए पछि डेंगु बोक्ने एडिस एजिप्टाई जातको लामखुट्टे देखिन्छ । मनसुन अघि निरन्तर भईरहेको बर्षाका कारण अनुकूल बातावरण पाएमा पनि यो रोग फैलन्छ । एउटा पोथी लामखुट्टेले चार सय अण्डा पार्छ । यो प्रजातिको लामखुट्टे तिब्र गतिमा फैलन्छ ।

    डेंगु भाइरसका कारणले लाग्ने डेंगु रोग पूर्वी नेपालमा टाइप १ , २ र ३ सम्म देखिएको छ तर टाइप ४ अहिलेसम्म देखिएको छैन । दुई बर्ष अघि झापामा देखिएको डेंगुमा टाइप ३ सम्मका भाइरस देखिएको थियो ।

    एक पटक संक्रमण भएपछि पुन त्यहि टाइपको डेंगुको संक्रमण भएमा त्यसले खासै समस्या हुँदैन तर भाइरस टाइप १ अथवा ३ को संक्रमण भएमा त्यसले फेरिस्वास्थ्य जटिल बनाउन सक्ने सम्भावना रहन्छ ।

    अर्थात, डेंगु धेरै प्रजातिका लामखुट्टेका माध्यमबाट मानिसमा सर्न सक्छ । संसारमा यो रोगका भाइरसहरू पाँच प्रकारका पाइएका छन् । यी मध्ये कुनै एकको सङक्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरस विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ । तर, यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरस विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ ।

    सामान्यतया डेंगु भाइरस सङक्रमण भएको पाँच देखि चौध दिनपछि लक्षण देखा पर्छ । ‘ब्रेक बोन फिभर’ पनि भनिने यो रोगको संक्रमण हुँदा बिरामीलाई शरीरमा हड्डी भाँच्चिदा हुने जत्तिकै दुखाइ हुन्छ । तर, केही बिरामीहरूमा भने यो रोग विकसित (डेंगु हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ ।

    यो अवस्थामा रक्तस्राव हुने मात्र नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुन्छ तथा प्लाज्मा खेर जान्छ । त्यस्तै डेंगुको अर्को विकसित रूप डेंगु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर जोखिमपूर्ण अवस्थामा पुग्छ । यो समस्यामा रोगको लक्षण अनुसार उपचार गरिन्छ ।

    लक्षणहरू

    डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक किसिमको रातो दाग देखिने गर्छ । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेंगु हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ ।

    बच्ने उपाय

    डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टेको वृद्धि तथा विकासमा नियन्त्रण गर्नुपर्दछ ।

    आफू बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न दिनु हँुदैन । किनभने यस्ता ठाउँमा लामखुट्टेले अण्डा पार्छ ।

    पानी जमेमा हप्ताको दुई पटक पानी वरिपरि डढेको मोविल अथवा मट्टितेल छर्कनु पर्छ । त्यसैगरी, खानेपानी ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नदिन ढाकेर राख्नुपर्छ । पानी ट्यांकीलाई हरेक हप्ता खाली बनाएर सफा गर्नुपर्छ ।

    रेफ्रिजेरेटरको पछाडि जम्मा हुने पानी तथा कुलरमा रहेको पानी पनि सफा गरिरहनु पर्छ । अथवा त्यस पानीमा २ चम्चा मट्टितल हालिदिनुपर्छ ।

    लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । यसका साथै लामखुट्टेको टोकाईबाट बचाउने मल्हम पनि लगाउन सकिन्छ ।

    एडिस एजिप्टाई जातको लामखुट्टे दिउँसो सक्रिय हुन्छ । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा दिनमा टोक्ने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।

    डेंगु लागेर जरो आएको बेलामा साधारण सिटामोल बाहेक इबुप्रोफिन जस्ता नन्स्टेरोइडल ’एन्टि इन्फ्लामेटरी’ औषधिहरू प्रयोग गर्नु हुँदैन । प्रसस्त झोल र तरल पदार्थ पिउनु पर्छ ।

    भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेंगु छ भने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगुको उपचार गर्न बिरामीलाई रगत आवस्यक हुन सक्छ ।

    फुलदानीमा रहेको पानी हप्तामा कम्तिमा तीन पटक फेर्नुपर्छ । गमलाको पानी पनि हप्तामा दुई पटक सुक्न दिनुपर्छ । यदि सुकाउन सम्भव नभए दुई चम्चा डढेको मोविल वा मट्टितेल हालिदिनु पर्छ ।

    अन्त्यमा,

    सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । एकपछि अर्को गरी लगातार लगातार सङ्क्रमण भयो भने गम्भीर जटिलताको खतरालाई बढाई दिन्छ । डेंगुको पहिचानको टुङ्गो लगाउन अस्पतालमा धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेंगुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ ।

    केही देशहरूमा डेंगुको सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन भएको छैन ।

    डेंगु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो । हाल यो रोग विश्वका एक सय १० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब पाँच करोड मानिस बिरामी पर्ने गरेका छन् ।

    यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ सताब्दीमै पत्ता लागेको थियो । लामखुट्टे निर्मुल पार्न असम्भव जस्तै भएकोले सीधै भाइरस नियन्त्रण गर्ने औषधी बारेमा पनि अध्ययन भइरहेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology