इजरायलमा खुल्ला अनलाइन नेपाली सोलो नित्य प्रतियोगिता आयोजना हुदै


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • इजरायल । पहिलो पल्ट इजरायलमा खुल्ला अनलाइन नेपाली सोलो नित्य प्रतियोगिता आयोजना हुने भएको छ ।

    हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्वको अवसर पारेर अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाद्वारा यहि सेप्टेम्बर १३ , २०१९ मा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

    आयोजकका अनुशार आज सेप्टेम्बर ६ सम्ममा आफ्नो नाम र गीतको बोल दर्ता गरिसक्नु पर्ने बताएको छ भने प्रतिस्पर्धाको लागि नृत्यकारहरुले तोकिएको मिति र स्थानमा समयमै उपस्थित भई आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने छ ।

    प्रतिस्पर्धीहरुको नृत्य निर्णायक मण्डललाई उक्त दिननै जिमेल मार्फत पठाइ बिजेताहरुको छनोट गरिने छ भने बिजेता नामावली अक्टोबर ११ तारिख दशै तथा मोहनि नख: पर्व, भोज सहितको कार्यक्रमको दिन घोषणा गर्दै पुरस्कार वितरण गरिने बताइएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई अवार्ड, प्रमाणपत्र सहित नेपाली २१,००० (एक्काईस हजार), दित्तिय र तृतीय बिजेतालाई पुरस्कार सहित प्रमाणपत्र द्धारा र सहभागी हुने सम्पुर्ण नृत्यकारहरुलाइ प्रशंसा पत्र द्धारा सम्मान गरिने जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology