विश्वकप छनोटमा नेपालको लज्जास्पद हार !


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा कुवेतले नेपालविरुद्ध घरेलु मैदानमा ७-० को जित निकालेको छ ।

    खेलको सुरुवाती मिनेटदेखि नै दबाबमा रहेको नेपाल अधिकांश समय कुवेतको आक्रमण विफल पार्नमै व्यस्त देखिएको थियो ।

    खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै किरणले लामो दुरीबाट गरेको प्रहार बचाए । पहिलो मिनेटदेखि नै दबाबमा परेको नेपालले लगातार कुवेती आक्रमण विफल बनाएको थियो ।

    नेपालले १४ औं मिनेटमा कर्नरमा दोस्रो गोल खाएको हो । कर्नरमा आएको बलमा गोलरक्षक किरण अगाडी बढेपछि फेद अल हाजेरीले गरेको प्रहार विक्रम लामाले गोललाइनबाट बचाउने प्रयास गरेपनि रेफ्रीले गोलको निर्णय दिए ।

    खेलको २७ औं मिनेटमा किरणले वन भर्सेस वनमा बचाउ गर्दै अग्रता बढाउन दिएनन् । ४१ औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा रवी पासवानले फ्लिक गरेको बलमा विशाल राईले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार आकासिएको थियो ।

    यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोहि दिन कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology