गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता संसारकै अग्ला श्रीमान्–श्रीमती


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


  • गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार हालसम्मकै सबैभन्दा अग्ला श्रीमान्–श्रीमती हेनिङ स्वान र मार्टिन भान बुरेन बेट्स हुन्। सन् १८७१ मा उनीहरूको बिहे भएको थियो। बिहे हुँदा अन्ना ७ फिट ११ इन्च अग्ली थिइन् भने बुरेनको उचाइ ७ फिट ९ इन्च थियो। सन् १८४६ मा क्यानडाको नोभा स्कटियामा जन्मेकी अन्ना ११ वर्षकै उमेर ६ फिट २ इन्च अग्ली थिइन्।

    उचाइकै कारण उनले सर्कसमा काम पाइन्। करिब आठ फुट अग्ली, भीमकाय ज्यानकी अन्नालाई हेर्न सयौँ मान्छे आउँथे। विशाल र अग्लो शरीरका कारण उनले भोग्नुसम्म असुविधा पनि भोगिन्। एक पटक त आगलागीमा परेर झन्डै ज्यान गुमाएकी थिइन्। उनले काम गर्ने सर्कसको एउटा घरमा आगो लाग्दा अरूले झ्यालबाट बाहिर निक्लेर ज्यान जोगाए। उनी भने ठूलो ज्यानका कारण झ्यालबाट छिर्दै छिरिनन्। अग्निनियन्त्रकहरूले पनि उनलाई बोक्न सकेनन्। अन्त्यमा क्रेन मगाएर उनको उद्धार गरिएको थियो।

    उनी सर्कससँग घुम्दै विभिन्न देश पुग्थिन्। सन् १८६८ मा अमेरिका गएकी थिइन्। त्यहाँ कनेक्टिकटनिवासी गृहयुद्ध लडेका क्याप्टेन मार्टिनसँग उनको भेट भए। उनी ७ फिट ९ इन्च अग्ला थिए। अग्ली महिला र अग्लो पुरुष प्रेममा परे र त्यसपछि बिहे गरे। संसारकै अग्लो जोडीले बिहेमा विश्वभरिबाट शुभकामना र उपहार प्राप्त गर्‍यो। ब्रिटेनकी महारानी भिक्टोरियाले अन्ना र मार्टिनलाई हिराजडित दुइटा सुनको घडी पठाएकी थिइन्।

    बिहेपछि ओहायोमा उनीहरूले विशेष खालको घर बनाए। घरको सिलिङ, ढोका र फर्निचर सबैको उचाइ सामान्यभन्दा बढी थियो। अग्ला दम्पतीका दुई सन्तान जन्मिए पनि बाँचेनन्।

    उचाइका कारण अन्ना र मार्टिनले अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका थिए। सन् सन् १८८८ मा अन्ना बितिन्। मार्टिनले युरोपबाट १५ फिट अग्लो ग्रिक देवीको मूर्ति मगाएर अन्नाको समाधिस्थलमा राखे। विश्वको सबैभन्दा अग्लो श्रीमान्को मृत्यु सन् १९१९ मा भयो।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology