झापामा सर्पदंशका बिरामी बढे, दुई जनाको ज्यान गइसक्यो


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • झापा । झापामा सर्पको डसाइका कारण उपचार गर्न आउने बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सर्पदंशका कारण गएको महिनामा दुई जनाको ज्यान गइसकेको छ ।

    झापामा रहेका तीन वटा सर्पदंश उपचार केन्द्रमा दुई हजार पाँच सय जनाले उपचार गराइसकेका छन् । सर्पदंशका घटना बढेपछि यो वर्ष झापाको चारआलीमा रहेको उपचार केन्द्रमा रहेका ११ वटा बेडमा बिरामी अटाएका छैनन् ।

    धान गोड्दागोड्दै विषालु सर्प गोमनले डसेपछि भद्रपुर नगरपालिका वडा नं. १० का ५७ वर्षीय छविलाल कट्टेलले चाँडो उपचार गर्न भ्याएकोले ज्यान बच्न सफल भएको बताए । उपचार केन्द्रमा बिरामीको भीड धेरै भएपछि सर्पको विष कम भएका बिरामीलाई बेडको अभावमा अरू अस्पतालमा पठाउनु परेको चारआली उपचार केन्द्रले जनाएको छ ।

    सर्पबाट कसरी बच्ने भन्ने चेतनाको अभावले पनि सर्पदंशका घटना बढेको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा सर्पदंश उपचार केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीको ठम्याई छ ।

    त्यस्तै झापाको दक्षिणी भेगमा धेरैजसो सर्पदंशका घटना वृद्धि भएको कनकाई सहारा उपचार केन्द्रका प्राविधिक अभिषेक पोखरेलले बताए । झापामा रहेको तीन वटा उपचार केन्द्रमा पूर्वी नेपालका छ वटा जिल्लासम्मका बिरामी आउने गरेका छन् । सर्पदंशका घटना धेरैजसो घाँस–दाउरा गर्दा वा झाडीमा हुने कार्यमा नै भएको उपचारमा आएका बिरामीहरूले बताएका छन् ।

    पछिल्लो तथ्याङ्क अनुसार झापामा बर्सेनि सर्पदंशका घटना बढिरहेको छ । यसका लागि उपचार केन्द्रको विस्तारसँगै सर्प सम्बन्धी सचेतना बढाउनुपर्ने उपचारमा संलग्न प्राविधिकहरूको भनाइ छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology