झापामा एक मजदुरले गरे आफ्नै शरिरमा आगो लगाई आत्महत्या


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • बिर्तामोड । झापाको अर्जुनधारा–६ मा रहेको फर्निचर उद्योगमा कार्यरत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् ।

    भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यरत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्महत्या गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । स्थानीय प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यरत उनले ट्वाइलेटको ढोका बन्द गरी शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

    बिहीबार अपरान्ह स्थानीयवासीले आगो लागेर उनको मृत्यू भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ । उनले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology