ग्रामीण सुधार वनमा अख्तियार लाग्यो ,साधारण सभा अन्यौलमा


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • विराटनगर,१९ भदौ  । मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ ।
    सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ १५ गते आइतबार बनका आम्दानी र खर्च सम्बन्धी सम्पूर्ण कागजात लगेको हो । सव डिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवसँगै आएको अख्तियारको टोलीले समूहको कार्यालयबाट कागजात लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन् ।

     

    पदावधि सकिएको एक वर्ष बित्नै लाग्दा पनि हालको सञ्चालक समितिले चुनावी साधारणसभा गर्न सकेको छैन् । आर्थिक पारदर्शिता नभएको ,सुशासनमा कमजोरी भएको भन्दै बेला–बेला आलोचित हुँदै आएको वर्तमान समितिले गत बैशाखमा डिभिजन वन कार्यालय मोरङसँग यही भदौ २५ गते सम्ममा साधारण सभा गर्ने प्रतिवद्धता गरेको थियो ।
    २ वर्ष अघि बनले वैज्ञानिक वन र लडापडा सुखा खडा गरी झण्डै साडे ३३ हजार किवी लकडी बनबाट आपुर्ति गरेको थियो । तर, बनबाट लकडी निकालेर घाटगद्दी गरे पनि सामूदायिक बनको आर्थिक पारदर्शितामा समस्या आएको भन्दै डिभिजन बन कार्यालय मोरङले बिक्री आदेश दिएको थिएन ।

    स्थानीय उपभोक्ता र सामूदायिक वन महासंघ मोरङ र प्रदेश समितिले चर्को दवाव दिएपछि डिभिजन बन कार्यालय मोरङले ससर्त ११ हजार ४४४ दशमलव ६३ किवी लकडी बिक्री गर्ने आदेश दिएको थियो । ग्रामीण सुधार सामूदायिक बनलाई नजिकबाट हेरिरहेका एक जना उपभोक्ताले भने –‘ डिभिजन बन कार्यालयसँग भदौ २५ गते भित्र साधारण सभा गर्ने, तोकिए भन्दा बढी लकडी बिक्री नगर्ने, बाँकी लकडी साधारण सभापछि निर्वाचित समितिले गर्ने औपचारिक सहमति भएको थियो । तर, सञ्चालक समितिका पदाधिकारीहरूले सहमति भन्दा २ हजार किवी बढी लकडी बिक्री गरेको बुझिएको छ ।

    समाचार स्रोतका अनुसार १३ हजार किवी लकडी बिक्री गरिसक्दा पनि बनलाई अझै ७० लाख रुपैयाँ ऋण छ । सामान्य काम देखि प्रशासनिक काममा समेत ठूलो धनराशी खर्च गर्दै आएको सामूदायिक बनले कानेपोखरीका होटललाई मात्र झण्डै ८ लाख रुपैयाँ तिर्न बाँकी छ । समाचार स्रोत भन्छ–यो रकम सबै भोज,पार्टी र मदिरापानको मात्रै हो ।
    पछिल्लो समय सामूदायिक वनले २५ गते हुने साधारण सभाले सबै सम्मत नेतृत्व चयन गर्न सर्ब दलीय छलफल समेत डाकेको थियो । तर, बैठक दुई पटक सम्म बसे पनि कुनै निर्णय नगरी सकिएको थियो । बनको नेतृत्व हत्याउन नेकपा र नेपाली काङ्ग्रेस आ–आफ्नो ढंगबाट लविङ गरिरहेका बेला अख्तियारले कागज पत्र लगेपछि साधारण सभा अन्यौलमा परेको छ ।
    अख्तियारले कागज पत्र सव डिभिजन कार्यालय मै छोड्यो ।
    यता अख्तियारले सामूदायिक बनबाट लगेका कागजात कानेपाखरी स्थित सव डिभिजन कार्यालय मै छोडेर गएको बुझिएको छ । समाचार स्रोत भन्छ–‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु’भन्ने उखान चरितार्थ भएको छ ।लाखौंको लकडी बिक्री गर्दा समेत सामूदायिक बनले सव डिभिजन कार्यालय कानेपोखरीको माग पुरा गर्न नसकेपछि कानेपोखरी कार्यलयको सेटिङ अख्तियार आएको जानकारहरू बताउँछन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology