झापाका प्रधानाध्यापकले पाए प्रदेश नं. १ को उत्कृष्ट प्रधानाध्यापकको सम्मान


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • झापा । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा प्रदेश नं. १ को उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित भएका छन् ।

    विहिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमका विच पि.पि. प्रसाईं फाउण्डेशनले थापालाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रदेश नं. १ वाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनौट गरी पुरस्कृत गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले नगद ५० हजार रुपैया सहित सम्मान पत्र वाटसम्मान गरेका थिए । सोही कार्यक्रममा विद्यालयलाई समेत १५ हजार रुपैयाको शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

    शिक्षा दिवसको अवसर पारेर पि.पि. प्रसाई फाउण्डेशनले हरेक वर्ष प्रत्येक प्रदेशवाट उत्कृष्ठ १÷१ जना शिक्षक वा प्रधानाध्यापकको छनौट गरी पुरस्कृत गर्ने गरेको छ ।

    थापा सँगै प्रदेश नं. २ वाट केदार बहादुर कोइराला (महोतरी), प्रदेश नं. ३ वाट अन्जु लामा (काठमाण्डौ), प्रदेश नं. ४ वाट केशव पराजुली (कास्की), प्रदेश नं. ५ वाट डोर बिक्रम श्रेष्ठ (स्याङ्जा), प्रदेश नं. ६ वाट तुल बहादुर विष्ट (डोल्पा) र प्रदेश नं. ७ वाट ललित सिंह साउद (कन्चनपुर) समेत सम्मानित भएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology