इजरायल तीज महोत्सव २०७६ भब्यरुपमा सकियो, भिडियो सहित


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • इजरायल । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रम सम्पन्न भएको छ ।

    रवि लामिछाने फाउण्डेशनद्वारा कर्णालीको रासकोटमा निर्माणाधीन रासकोट नमूना डिजिटल अस्पताल सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    झापाली समाज इजरायलको मुख्य आयोजना, गैर आवासीय नेपाली संघ इजरायलको संयोजकमा साथै २० वटा सस्थाको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।

    नेपाली चर्चित कलाकारहरु गायक प्रमोद खरेल, हिमाल सागर, गायिका टिका प्रसाई, लोक गायिका शान्ति श्री परियार, गायक तथा संगितकार चेतन सापकोटाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    नेपाल राजदूतावास इजरायल महामहिम राजदुत डा. अन्जान शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीले गरेका थिए भने कार्यक्रमका विषेश अतिथिहरुमा अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपकप्रसाद ओली, गैर आवासीय नेपाली संघ इजरायल पूर्व अध्यक्ष सुबास खरेल, समाजका संरक्षक गणेश गौतम तथा गैर आवासीय नेपाली संघ इजरायककी अध्यक्ष तथा कार्यक्रम संयोजक शान्ता अधिकारी ज्ञवाली रहेका थिए ।

    कार्यक्रम सफल बनाउन आयोजकहरु चितवन समाज, भोजपुर समाज, पर्वत समाज, रुपन्देही सेवा समाज, नारीका लागि नारी एक करोड एक रुपैंया अक्षयकोष, प्रवासी सिर्जनशिल महिला समूह, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, सहयोगी मनहरुको समाज, इजरायल गोर्खा एशोसियसन, हिन्दू जागरण अभियान, ओम जनजागरण अभियान, विश्व नेपाली साहित्य महासंघ शाखा, अन्तराष्ट्रिय कलाकार सामाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साहित्यिक चौतारी नेपाल, मुक्तक प्रतिष्ठान, प्रवासी नेपाली नागरिक समाज, जनसम्पर्क समिति इजरायलः नेका, प्रवासी नेपाली एकता समाज, राष्ट्रिय तामाङ घेदुङ रहेका थिए ।

    त्यस्तै मुख्य प्रायोजक दिपकप्रसाद ओली, सुवाष खरेल रहुन रहेका थिए भने प्रायोजक आम्रो मोवाइल होलसेल इन्डियन मार्केट, मोवाइल होम, फ़्लाइसट लगायत रहेका थिए । कार्यक्रमलाई सफल बनाउन मिडिया पार्टनरमा बुद्धसन्देश डटकम, हाम्रो दमक डटकम, ए वान खबर डटकम, हाम्रो पेज डटकम, तिनचुले मिडिया डटकम, अर्धाखाँची बुलेटिन, लाइक नेपाल डटकम, तामाङ अनलाइन डटकम, स्वदेश नेपाल डटकम, शुभदिन डटकम, खबरटाइम डटकम लगायत रहेका थिए । त्यस्तै फोटो भिडियो सहयोगीमा अनिल सिंह राजपुत, भिम ओडारी, राजेन्द्र भण्डारी, सिजन गिरी, बिष्णु सिम्खडा  र डिजे तथा प्राविधिकमा डिजे विपिन, डिजे प्रनेश र कृष्ण भण्डारी रहेका थिए ।

    यसैबीच समाजले सामाजिक सञ्जालमा केहि महिना अघिबाट इजरायल तीज फोटो प्रतिष्पर्धा प्रतियोगिता राखेको थियो जसको विजेताघोषणापनि उक्त दिन गरिएको थियो । प्रतियोगितामा सबै भन्दा धेरै लाइक ल्याएर सुमि शेर्पा प्रथम, आरजु बिष्ट द्वितीय, सरीसमा बराल तृतीत, ईशा शर्मा चौथो र गोमा श्रेष्ठ पाँचौं भएका थिए । उनीहरुलाई क्रमस प्रथमलाइ साम्सुङ्ग ए ५० मोवायल, दोश्रोलाई ५०० सेकल, तेस्रोलाइ २५० सेकल र चौथो, पाचौलाई प्रमाण पत्रले सम्मान तथा वितरण गरिएको थियो ।

    कार्यक्रममै चितवनमा निर्माणाधीन नेपालको गौरब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लाइ रु १००००० एक लाख, चितवन समाज इजरायल मार्फत समाजकी अध्यक्ष सरिस्मा बराललाई हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रमलाई निकेश प्रसाइ र नयन सापकोटाले संचालन गरेका थिए । कार्यक्रम यहि अगष्ट ३०, शुक्रबार, २०१९ मा इजरायल स्थित युनिभर्सिटी हलमा संम्पन्न भएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology