६५ वर्षीया विपन्न आमालाई घर हस्तान्तरण


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • बुद्धशान्ति भदौ १९ । झापाको बुद्धशान्ति ४ मा विहीबार एक ६५ वर्षीया विपन्न आमालाई घर हस्तान्तरण गरिएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएर गहुमति माखिमलाई एकतले घर हस्तान्तरण गरिएको हो । २ लाख ३३ हजार ८४ रुपैंयामा निर्माण गरिएको ईटा र टिनले बनाइएको घर तथा शौचालय एक कार्यक्रमको आयोजना गरि उनलाई हस्तान्तरण गरिएको हो ।

    न्यू एभर ग्रीन अंग्रेजी स्कुल बुद्धशान्ति ४ का प्रिन्सिपल तीलक पाख्रिनको अगुवाईमा सहयोगी दाताको आर्थिक सहयोगमा घर बनाएर उनलाई हस्तान्तरण गरिएको हो ।

    माखिमका श्रीमान् तुलसीरामको २०७३ सालमा करेन्ट लागेर निधन भएको थियो भने उनकी छोरीको पनि गत बर्ष साउनमा वैदेशिक रोजगारीको शिलशिलामा इराकमा निधन भएको थियो । कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकी माखिमको बाँकी जिवन सहज ढंगले वितोस् भनेर स्वदेश तथा विदेशमा हुने नेपालीहरुले गरेको सहयोगबाट घर निर्माण गरेर हस्तान्तरण गरिएको घर निर्माण कार्यमा अगुवाई गरेका तिलक पाख्रिनले बताए ।

    बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माखिमलाई निर्माण गरीएको घर हस्तान्तरण गरिएको हो । घर पाएपछि खुसी भएकी माखिमले आफूलाई दमको समस्या भएको र आफू काम गर्न नसक्ने अवस्थामा पुगेकाले खान लाउनको समस्या रहेको दुखेसो पोखेकी छिन् ।

    अगुवाई कर्ता तिलक पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान लिम्बु, ५ का वडाध्यक्ष बासुदेव खतिवडा, ६ का वडाध्यक्ष शम्भु पौड्याल, नेकपा बुद्धशान्ति अध्यक्ष टिका पाठक, नेपाली काँग्रेश बुद्धशान्ति ४ सभापति महेश म्याङ्बो, संघीय लिम्बुवान मञ्चका मानबहादुर साँवा, शिक्षासेवी शिवकुमार पौड्याल, समाजसेवी देवी खतिवडा लगायतको आतिथ्यता थियो । विष्णु सापकोटाले सञ्चालन गरेको कार्यक्रममा सहयोगी दाता, सामाजिक संघसंस्थाका प्रतिनिधिको पनि आतिथ्यता रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology