प्रथम उपाध्यक्षका उम्मेदवार खड्काको माहौल बढ्यो


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६


  • दमक,१९ भदौ । भोलि शुक्रवार हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्षका उम्मेदवार युवा व्यवसायी राजु खड्काको चर्चा चुलिदै गएको छ ।

    प्रथम उपाध्यक्षको चुनावी मैदानमा रहेका उम्मेदवारहरु मध्ये उनले छुट्टै पहिचान बनाउन सफल उम्मेद्वार रहेका खड्का जितको नजिक पुगेका छन् ।


    लोकतान्त्रिक व्यवसायी समूहको तर्फबाट उम्मेद्ववार बनेका खड्का आफना प्रतिष्पर्धी भन्दा तुलनात्मकरुपमा बलियो उमेद्धवार मानिन्छन ।
    कोशी डेन्टल केयर र सिरस एजुकेसनका सञ्चालक समेत युवा व्यवसायी खड्का लामो समयदेखि व्यवसायिकसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका तथा आम व्यवसायी माँझ मिजासिला व्यवहार भएका खड्काको उम्मेदवारी बढी चर्चा पाएको हो । युवा तथा आम ब्यवसायीहरु माझ लोकप्रिय खड्का आफनो जित व्यवसायिक प्रवद्र्धनका लागि हुने वताउने गर्छन् । आर्थिक अनुशासन, पारदर्शीता , सरलता, मिजासिलो स्वभाव र सहयोगी भावनाको फरक विशेषता भएकाले पनि आम व्यवसायीको सहयोग प्राप्त हुने अपेक्षा गर्छन् उनी ।

    अघिल्लो पटक भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय आत्याधिक मत ल्याएर कार्य समिति सदस्यमा निर्वा्चित भएका खड्काको उमेद्धवारी परेसंगै एकाएक माहोल तातिएको छ भने बिषेसगरी युवा व्यबसायीहरु उत्साहित भएको देखिन्छ ।

    व्यवसायसंगै सामाजिक काममा सक्रिय खड्का पहिलो पाइला नामक सामाजिक संस्थाका अभिभावकको रुपमा आवद्ध छन । त्यस्तै, लायन्स क्लब लखनपुरको विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका आएका छन् ।त्यसैगरि, वित्तिय क्षेत्रमा समेत लगानीकर्ताको परिचय बनाइसकेका खड्का कृषि,पर्यटन र स्वस्थ्य क्षेत्रका एक सफल व्यवसायी हुन् ।

    व्यापारसंगै सामाजिक सेवाका काममा क्रियाशील हुन मनपराउने खड्काले सामाजिक कामका लागि आफूले कमाएको धनको केहि प्रतिशत रकम खर्चिन पाउँदा खुशी लाग्ने गरेको बताउँछन् ।

    उमेद्धवार खड्काले लामो समयदेखी दमककै ब्यावसायीक क्षेत्रमा क्रियाशील भएको नाताले आम ब्यवसायीहरुले भोग्ने गरेका समस्याहरुको बारेका आफुलाइ गहिरो जानकारी रहेकाले काम गर्न सजिलो हुने खड्का बताँउछन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज र बिभिन्न बहानामा राज्यले लगाएको दोहोरो , करले गर्दा आम ब्यवसायीहरुले ब्यबसाय नै टिकाउन नसक्ने अबस्थामा रहेको उनको बुझाई रहेको छ । यी सबै अबस्थालार्इ मध्यनजर गर्दै आफुले यसपटक प्रथम उपाध्यक्षमा काम गर्नका लागि उमेद्धवारी दिएको उनको भनाई छ ।

    आफुले व्यवसायिक हितका लागि वाणिज्य संघ भित्र बिगत देखी नै निरन्तर आवाज उठाउदै आएको स्मरण गर्दै खड्काले आगामी दिनमा पनि त्यो मुद्यालाई संस्थागतरुपमा नै दवाब सृजना गर्न आफु उमेद्धवार बनेको प्रस्ट पारे । खड्काले आफुसंगै आफूसहितको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहलाई अत्याधिक मतले विजय गराईदिन आग्रह समेत गरिआएका छन् । यस क्षेत्रका ब्यावसायीले दिएको जिम्मेवारी सधै इमान्दारीपूर्वक निर्बाह गर्ने उनको प्रतिबद्धता छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology