श्रेष्ठको नेतृत्वलाई पूर्व अध्यक्षहरुको समर्थन


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


  • दमक, १८ भदौ । यहि शुक्रवार (भदौ २० ) हुन गईरहेको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा संघका अधिकांस पुर्व अध्यक्षहरुले गोकुल श्रेष्ठको नेतत्वको लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् ।

    संघका तीन जना पूर्व अध्यक्षहरुले आज दमकमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठको गठबन्धनमा रहेको लोकतान्त्रिक समूहले मात्रै संघको हित गर्ने भन्दै आफुहरुको समर्थन रहेको बताएका हुन् ।

    पूर्व अध्यक्षहरु बिजय प्रसाद बराल, घनेन्द्रराज योङया र प्रकाश प्रसाईंले आफुहरुको समर्थन लोकतान्त्रिक गठबन्धनलाई रहेकाले आसन्न निर्वाचनमा संयुक्त लाकतान्त्रिक प्यानलाई जिताउन आग्रह गरेका छन् । वर्तमान कार्यसमितिले व्यवसायीहरुबाट सदस्यता र बिभिन्न नाममा रकम असुलेर बाणिज्य संघलाई बैंक जस्तो नाफामुखी वित्तीय संस्था बनाउदै गएकाले त्यसले व्यवसायिक हित गर्न नसक्ने भएकाले संयुक्त गठबन्धन निर्माण गर्न बाँध्य हुनुपरेको उनीहरुको जोड थियो ।

    उनीहरुले वाणिज्य संघले व्यवसायिक सुरक्षा संगै अपनत्व गराउन नसकेकाले अव त्यही नेतृत्वबाट संघको भविष्य उज्जवल नरहने भएकाले अव लोकतान्त्रिक प्यानलले जित्नु पर्ने औल्याए ।

    संयुक्त गबन्धनको प्रचार समितिको सचिवालयमा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष प्रसाईंले दमकका व्यवसायीहरुको छाता संस्था वाणिज्य संघले व्यवसायीहरुलाई राहत तथा सुशासनको अनूभुत गराउन नसकेकाले अहिले त्यही नेतृत्व चुनावी अभियानमा भ्रमको खेती गरिरहेको वताएका छन् । उनले चर्को सदस्यता शुल्क लगाएर रकम थुपार्नु भन्दा पनि संघले व्यवसायीका कानुनी, प्रशासनिक लगायत अन्य समस्यामा काम गर्न पूर्ण असफल भएको उनको आरोप थियो ।

    त्यसैगरी पूर्व अध्यक्ष बरालले आफुले सुन्य अवस्थामा रहेको संघको भवन निर्माण सुरु गर्दा पनि व्यवसायीसंग संघले न्यून सुल्क मात्रै सदस्यताको लागी लिएकोमा अहिले सामान्य व्यवसायीले शुल्क तिर्नै नसक्ने गरी शुल्क बढाएकोमा कडा असन्तुष्टि जनाए । उनले वाणिज्य संघ हो की सहकारी संस्था हो छुट्याउन गाहे भएको टिप्पणी गरे ।

    अर्का पूर्व अध्यक्ष सुब्बाले गोकुल श्रेष्ठको प्यानलले जितेर व्यवसायीको पक्षमा काम नगरे त्यसको सम्पूर्ण जिम्मेवारी आफुहरु लिन तयार भएको स्पष्ट पारे । उनले यस प्यानल सबै पक्षबाट समावेसी र योग्य टिम भएकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गरेर बिजयी गराउन सबै व्यवसायीलाई आग्रह समेत गरेका थिए ।

    उम्मेदवार छनौट समितिका संयोजक शुरेस सुब्बाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूह निर्वाचन अनुगमन समितिका संयोजक देउकुमार नेम्बाङ्ग, वाणिज्य संघका पूर्व कानुनी सल्लाहकार नित्यानन्द ताजपुरिया, संघीय लिम्बुवान पार्टीका नेता दिलकुमार लावती लगायतले सत्तारुढ नेकपाका अलोकतान्त्रिक चरित्र विरुद्ध नगरका सवै दलका व्यवसायीहरु एकजुट भएर चुनावमा उत्रन बाँध्य हुनुपरेको जोड दिएका थिए ।

    यसैवीच,संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले विहिबार दिउँसो १ वजे अन्तिम चुनावी कार्यक्रम गर्ने भएको छ ।

    दमक ६ स्थित सिद्धीमार्केटको प्रचार समितिको कार्यालयबाट वृहत चुनावी रयाली गर्न लागिएको र त्यसमा सहभागि भई दिएर ऐक्यवद्धता जनाईदिन हुन आम नगरवासी, व्यवसायीहरुलाई आग्रह समेत गरिआएको संयुक्त प्यानलतर्फकी तृतीय उपाध्यक्षकी उम्मेदवार रमा लिम्बुले जानकारी दिईन् । वाणिज्य संघको निर्वाचन भदौ २० गते स्थानीय रेडक्रस भवनमा हुदै छ । तीन वर्से कार्यकाल रहने संघको २१ सदस्यीय पदमा दुई स्वतन्त्रसहित ४४ जनाले प्रतिष्पर्धा गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology