नेकपाका नेता थापाको चौतर्फी आलोचना


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


  • दमक,१८ । नेकपाका एक जना नेताले दमक उद्योग वाणिज्य संघको निर्वाचनमा आफना पार्टी निकटका व्यवसायीलाई नजिताए पछुताउनु पर्ला जस्ता विचार पोखेर व्यवसायीलाई भ्रमीत बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयमा कार्यरत नेकपाका नेता होमबहादुर थापाले वाणिज्य संघको निर्वाचनलाई लक्षित गरि आफनो वालमा लेखेको विषय प्रति सार्वजनिक रुपमा कडा आलोचना भएको हो ।

    त्तत्कालीन कोहवरा गाविसका पूर्व अध्यक्ष समेत रहेका थापाले स्थानीय ,प्रदेश र संघीय सरकार नेकपाकै भएको र दमकको उद्योगी,व्यवसायीहरुको समस्या त्यही सरकार भएको पार्टीले मात्र काम गर्न सक्ने भन्दै मत मागेका थिए । उनले दमकमा सञ्चालनका क्रममा रहेका भ्यू टावर,वुद्धको मूर्ति, औद्योगिक पार्क लगायतका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्न वाणिज्य संघको महत्वपूर्ण भूमिका हुने भएकाले ती काम पूरा गर्न सत्तारुढ व्यवसायीको नेतृत्व जरुरी भएको र त्यसो नभए कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशालाको जस्तै मात्र हविगत हुने भन्दै तिखो टिप्पणी गरेका थिए ।


    मंगलवार विहान ८ वजेर ३७ मिनेटमा पोष्ट गरेको उनको विचार प्रति यतिखेर चौतर्फी आलोचना संगै उम्मेदवारहरुलाई नै असर पुगेको व्यापारीहरुले विश्लेषण गर्न थालेका छन् । नेता थापाको विचार प्रति असहमति जनाउदै नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का सचिव धर्मानन्द भट्टराईले विकासको ठेकेदार नेकपा मात्र भएको भन्दै वाणिज्य संघको निर्वाचनको मुखमा जनता तर्साउने र धम्काउने बन्द गर्न चेतावनी दिएका छन् । यहाँको व्यवसायीहरुको निस्वार्थ निर्वाचनमा नेकपाका उम्मेदवारलाई नजिताएर लखनपुरको रंगशाला उदाहरण दिने कार्य तपाईको उचाईले व्यक्त गर्न नमिल्ने भएकाले गल्ती स्वीकार्न आग्रह गरेका छन् ।

    यसैगरि दमकका मोवाइल व्यवसायी ओर्गेन राईले लखनपुर रंगशाला तिम्रो पुख्यौली सम्पत्ति नभएको भन्दै नेता थापाको विचार प्रति आपत्ति जनाएका छन् ।

    यसैगरि, कमल गाँउपालिकाको गत सम्पन्न स्थानीय तहको निर्वाचनमा हालकी अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत ल्याएर गोलाप्रथाबाट बाहिएका कांग्रेसका युवा नेता हुकुमसिंह राईले उद्योग वाणिज्य संघको चुनावमा आदिबासी रंगशाला , भ्यु टावर, बुद्धको मुर्ति, चाइना क्लिन पार्क जस्ता योजना बनाउने ,नवनाउने तपाईंहरुको पैतृक सम्पतिले मात्र बन्ने जस्तो व्यवहार देखाउनु ठिक नभएको टिप्पणी गरेका छन् । निर्वाचनको यस घडीमा यो मुलुक चलाउदै हुनुहुन्छ कि दमकको व्यवसायीको नेतृत्व गर्दे हुनुहुन्छ की त स्वतन्त्र ब्यवसायीलाई धम्काउदै हुनुहुन्छ ? सत्ताको दुई तिहाईको दम्मले जनतालाई नोकर नसोच्न आग्रह गरेका छन् ।

    यसैगरि युवराज पाठकले हामीलाई बुद्धको मूर्ति , भ्यु टावर ,आकासे पुल होइन हामीलाई राम्रो अस्पताल चाहिएको छ । सक्छौ भने दमकमा अत्याधुनिक अस्पताल बनाउन सुझाव दिएका छन् ।

    यसैगरि, संयुक्त लोकतान्त्रिक व्यवसायी समूह निर्वाचन परिचालन अनुगमन समितिका संयोजक देउकुमार नेम्बाङ्गले दमक उद्योग बाणिज्य संघ जस्तो बिशुद्ध ब्यापारीहरुको छाता संगठनको निर्वाचनलाई लक्षित गरेर केही अराजक तत्वहरुले दमकका बिकास योजनाहरुलाई औल्याएर कमल गाउँपालिकामा अवस्थित आदिवासी जनजाति रगंशालालाई जस्तो ठप्प परिदिन्छौ भन्दै भ्रामक अनरगल प्रचारबाजीको विरोध जनाएका छन् । उनले खुलेआम जनताहरु माझ च्यालेन्ज गर्ने दुस्साहस गर्नेहरुका कुरामा कुनै सत्यता नरहेको स्मरण गराउदै निश्चय नै त्यस्ता तत्वहरुलाई उद्योगी,ब्यवसायी र जनताहरुले निकट भविष्यमा नै त्यसको हिसाब किताब गरिदिने जनाएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology