युवा संघका अध्यक्ष राईमाथि छुरा प्रहार


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


  • झापा,१८ भदौ । नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार बिहान छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा वडा अध्यक्षसँग कुरा गरिरहेका युवा संघका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो। प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राई माथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए।

    छुरा प्रहारबाट घाईते भएका राईको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्ष केहरशिह बस्नेतले भने ‘उहाँसँग मेरो समसामयीक विषयमा कुरा भइरहेको थियो, सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हाने।’ घाईते राई खतरा मुक्त रहेको बिएण्सी अस्पताल बिर्तामोडले जनाएको छ ।

    छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन् । तिम्सिनालाई ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलिले तत्कालै गिरफ्तार गरेको छ ।

    यसैवीच ,युवा संघ झापाले अध्यक्ष राई माथि भएको आक्रमणको भत्सर्ना गर्दे कारवाहीको माग गरेको छ । युवा संघका जिल्ला अध्यक्ष शंम्भु भण्डारीले आज विज्ञप्ति निकालेर अध्यक्ष राई माथि भएको आक्रमणको कडा शव्दमा निन्दा गर्दे आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology