लोकतान्त्रिक व्यवसायी समूहद्धारा सडक बत्ती


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


  • दमक ,१८ भदौ । झापाको दमक २ स्थित नवसिर्जना टोलमा संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको समूहले १० थान सडक बत्ती प्रदान गरेको छ ।

    सो समुहका प्रचार प्रसार मूल समितिका संयोजक प्रकाश प्रसाइँले टोलका अध्यक्ष भगिरथ राईसहितका टोलबासीलाई ती सामाग्री प्रदान गरेका हुन् । सडक बत्ती आजै जडान गरेपछि आम्दा अस्पताल आसपासमा व्यवसायीहरुले सहज महसुस गरेका स्थानीय व्यवसायी देवेन्द्र काफ्लेले बताए ।

    संयुक्त लोकतान्त्रिक व्यवसायी समुहको तर्फबाट दमक उद्योग वाणिज्य संघमा गोकूल श्रेष्ठ नेतृत्वको प्यानललाई चुनावमा जितको लागि टोल विकासका अध्यक्ष राई, व्यवसायी काफ्लेसहित व्यवसायीहरुले अग्रिम शुभकामना समेत दिए । सो क्षेत्रमा सडक बत्तीको अभावमा स्थानीय व्यवसायी तथा अस्पताल सम्म जाने आउने सर्वसाधारणले समस्या ब्यहोर्नु परिरहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology