यूनियनद्धारा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६


  • झापा ,१८ भदौ । प्रेस स्वतन्त्रताको विश्वब्यापी मूल्य र मान्यता विपरित प्रतिनिधिसभामा विचाराधीन रहेको र राष्ट्रिय सभामा पेश गरिएको मिडिया काउन्सिल विधेयकका प्रेस विरोधी प्रावधान हटाउन माग गर्दै नेपाल प्रेस युनियन झापा शाखाले सञ्चारमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
    युनियनको देशब्यापी विरोध कार्यक्रम अन्तर्गत नेपाल प्रेस युनियन झापाले आज बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण निरौलामार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।


    युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको नेतृत्वमा अग्रज पत्रकारहरु लोकराज ढकाल, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, प्रदेश नं–१ सदस्य रेजिना गौतम, प्रेस युनियनका केन्द्रीय पार्षदहरु ईश्वर अधिकारी, यज्ञप्रसाद पाठक, सुशिला संग्रौला, कार्यसमिति सचिव डिल्लीराम घोसाई, सदस्यहरु रोशन भट्टराई, राजन बास्कोटा, रेवति घिमिरे, राधा खनाल, पत्रकारहरु दीपक अधिकारी, विजय बराल लगायतको टोलीले झापाका सहायक प्रजिअमार्फत सञ्चारमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । ज्ञापनपत्रमा स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक र आमसञ्चार विधेयकको कतिपय व्यवस्थाको विषयमा युनियन झापाको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
    विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका अन्य विधेयकमा रहेको प्रेस विरोधी प्रावधान तत्काल हटाउन ज्ञापनपत्रमार्फत सरकारसमक्ष माग गरिएको छ ।
    ‘लोकतान्त्रिक विधि र प्रक्रियाबाट बनेको सरकारले लोकतन्त्रको मुटु मानिने स्वतन्त्र प्रेसलाई निरुत्साहित गर्दै विश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य र मान्यताविपरित पत्रकारीताको प्रवद्र्धन भन्दा पनि प्रतिवन्ध लगाउने नियतबाट विधेयक ल्याइनु खेदजनक छ’, उल्लेखित ज्ञापनपत्रमा उक्त विधेयक खास गरी साना लगानीका मिडियालाई निरुत्साहित गर्नेगरी ल्याइएको ठहर गरिएको छ ।
    उक्त विधेयक जस्ताको तस्तै पारित भए लोकतन्त्रलाई मिसन बनाएर लडेका साना लगानीका मिडियादेखि व्यवसायिक पत्रकारीता गरिरहेका बहुसंख्यक पत्रकार पेशाबाट विस्थापित हुने र पत्रकारीता पनि भजनमण्डलीमा रुपान्तरित हुने खतरा देखिएको भन्दै ज्ञापनपत्रमा सरोकारवाला पक्षसँगको सहमतिमा तत्काल संशोधन गर्न जोडदार माग गरिएको छ ।
    यसैबीच रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाएकोप्रति विरोध जनाउदै त्तत्काल पूर्नावहाली गर्न युनियन झापाले माग समेत गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology