‘व्यवसाय हितसंगै सामाजिक अभियान जोड्न मेरो उम्मेदवारी’


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


  • दमक,१७ भदौ । झापाको दोस्रो पूरानो नगरपालिका दमकमा यहि भदौ २० गते शुक्रवार दमक उद्योग बाणिज्य संघको निर्वाचनको तामझाम चुलिदै गएको छ ।

    संघको निर्वाचनका लागि मुख्यतय सत्तारुढ र प्रतिपक्षी दलका व्यवसायीहरुवीच कडा प्रतिष्पर्धा हुने पक्का छ । नेपाली कांग्रेससहित राप्रपा, समाजवादी नेपाल,नेकपा माले, लिम्बुवान, जनमुक्ति पार्टी लगायतका दलहरुको गठबन्धन रहेको संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासी गोकुल श्रेष्ठको नेतृत्व र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशिल समूहका बिमल खतिवडाको नेतृत्वको प्यानलका वीच कडा चुनाबी प्रतिष्पर्धा हुदैछ । त्यस्तै संघको केहि पदका लागि भने स्वतन्त्र व्यवसायीहरुले पनि उमेदवारी दिएका छन् ।


    २१ पदका लागि ४४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । यी उम्मेदवारहरु मध्ये केहि भने चर्चामा चुलिएका छन् । चर्चामा आउने उम्मेदवारहरु मध्ये दमकमा रहेर लामो समयदेखी होटल व्यवसायको क्षेत्रमा आवद्ध मोहन ढकाल हुन् ।

    मिजासिला स्वभावका धनी युवा व्यवसायी ढकाल दमकका व्यवसायीहरुका लागि चिनाईरहनु पर्ने नाम होइन् । व्यवसायसंगै सामाजिक अभियानमा सक्रिय भएका कारण पनि ढकालको उम्मेदवारी चर्चाले व्यवसायीमाँझ सकरात्मक प्रभाव पारेको छ । उनी संयुक्त लोकतान्त्रिकका तर्फबाट बस्तुगत तर्फबाट कार्यसमिति सदस्यका उमेदवार हुन् ।

    होटल काग्त्येनी इनका दमक, कात्यवनी हेरिटेज रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक समेत रहेका ढकालले व्यवसाय संग संगै विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेर समाजिक क्षेत्रमा समेत उतिकै योगदान दिदै आइरहेका छन् । व्यवसायी ढकाल रोटरी क्लब अफ दमकका निबर्तमान अध्यक्ष, सिद्धी मार्केट प्रालिका सञ्चालक तथा दर्पण सहकारी संस्था दमकका ऋण समिति सदस्य समेत रहेर व्यवसायसंगै सामाजिक अभियानहरुमा सक्रिय योगदान पुरयाँउदै आएका छन् ।

    व्यवसायसंगै सामाजिक उत्तरदायित्व थप अगाडी वढाउन मुख्य उद्देश्य लिएर वाणिज्य संघको निर्वाचनमा आफूलाई उम्मेदवारीका रुपमा प्रस्तुत गरेको वताँउछन् । मेरो उम्मेदवारी केवल रहर मात्र होइन,यहाँको व्यवसायिक विकासमा योगदान दिनका लागि पनि भएको उनको बुझाई छ । उनले भने, –‘ तपाईले दिनुभएको विश्वासलाई कहिल्यै घात हुन दिन्न, दिने पनि छुईन् ।’ उनले व्यबसायीहरुको हितमा सधै काम गर्ने समेत प्रतिबद्धता जनाए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology