‘काम गर्नका लागि मेरो उम्मेदवारी हो ’


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


  • दमक, १७ भदौ । दमक उद्योग बाणिज्य संघको यहि भदौ २० गते हुन गईरहेको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट खुल्ला सदस्यमा दमकका युवा व्यवसायी राजकुमार थापा उम्मेद्बार बनेका छन् । दमक २ मा न्यू हिमाल सेन्टर फर्म सञ्चालन गरि व्यवसायिक संगै सामाजिक ,राजनीति क्षेत्रमा कृयाशील थापा आफूले काम गर्नका लागि वाणिज्य संघमा उम्मेदवार दिएको वताएका छन् । ‘काम गर्नका लागि मेरो उम्मेदवारी हो’ उम्मेदवार थापाले आम व्यवसायीहरुको साथ र सहयोग प्राप्त हुने विश्वास गर्छन् ।


    निर्माण ब्यबसायी समेत रहेका थापा व्यवसाय वाहेक राजनीतिमा समेत उतिकै सकृय छन् । युवा संघ साविक झापा क्षेत्र न ७ का अध्यक्ष हाल राष्ट्रिय युबा संघ प्रदेश कमिटी सदस्य समेत रहेका थापाले समय व्यवस्थापन गरि काम प्रति जिम्म्ेवारी वहन गरिए सफल्ता प्राप्त गर्न सकिने जनाउछन् ।

    युवाहरु माँझ लोकप्रिय थापा आफूले वाणिज्य संघको खुल्ला सदस्यको उम्मेदवार भएपछि आम व्यवसायीहरुको सहयोग र सहानुभूति पाएकाले यसले जित्ने आधार वलियो वन्दै गएको बताए । आफूलाई दमकका उद्योगी,व्यवसायीले जिताउनेमा आशाबादी रहेको थापा बताँउछन् ।समग्र ब्यवसायीहरुको व्यवसायिक हकहितका लागि संघमा बसेर काम गर्ने आफ्नो दृढ संकल्पका कारण आफूले उम्मेदवारी दिएको थापाले स्पष्ट पारेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology