दमकका व्यवसायीको समस्यालाई मैले नजिकबाट बुझेको छुँ – चन्द्रमाया निरौला (जमुना)


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


  • बिसं. २०४४ साल साउन २७ गते मोरङको रतुवामाई नगरपालिका (साबिक सिजुवा ) मा जन्म भई हाल दमक नगरपालिका – २ स्थित नयाँ आम्दा छेउमा बस्दै आउनुभएकी चन्द्रमाया निरौला (जमुना ) यही भदौँ २० गते हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पदको उम्मेद्वार हुनुहुन्छ । बिंसं. २०६६ सालदेखी मोवायल पसल र मोवायलको होलसेल पार्टसको पसलबाट व्यवसायिक यात्रा सुरु गर्नु भएकी उहाँले हाल जेके मोवाइल ग्यालेक्सी पसल संचालन गरिरहनुभएको छ ।

    उहाँ पसल संचालन सुरु गरेदेखी नै दमक उवासंघमा आबद्ध हुनुभएको हो । युवाहरुबीच नेतृत्वदायी भुमिका खेल्न सक्ने उहाँ स्वर्णलक्ष्मी साकोसको कोषाध्यक्ष,झापा जिल्ला योग समितीको कोषाध्यक्ष, रोटरी क्लब, दमक मोबायल एशोसिएसन लगायतका संघसंस्थामा आबद्ध हुनुहुन्छ । प्रस्तुत छ निरौलासँग गरिएको संक्षिप्त कुराकानी ।

    दमक उवासंघको महिला सदस्यमा तपाईको उम्मेद्वारी चाहिँ किन ?

    – मैले विभिन्न संघ संस्थामा काम गरेर अनुभव लिइसकेकी छु,त्यो अनुभवको आधारमा उद्योग वाणिज्य संघमा पनि जानुपर्छ भन्ने लाग्यो । व्यवसायी महिलाको हक हित,उद्योग व्यवसाय संचालनमा महिलालाई अग्रसर, महिलाको क्षमता विकास गराउन वाणिज्य संघको नेतृत्वमा पुग्न आवश्यक छ । यहाँका महिला व्यवसायी र समग्र व्यवसायीको समस्यालाई नजिकबाट बुझ्ने गरेकी छुँ । अब चाहिँ व्यापारीका हकहितका लागि केही गर्नुपर्छ भनेर महिला सदस्य पदमा उम्मेद्वारी दिएकी हुँ । व्यापारीका पीर, मर्का बुझेको छु र महिला सदस्य पदमा रहेर काम गर्ने क्षमता राख्छु, त्यसैले मैले यो पदमा उम्मेद्वार बनेको हुँ । मैले सामाजिक संघसंस्थामा सक्रिय रुपमा सहभागी भएर काम गरेको अनुभव छ । सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभवका कारण पनि अब दमक उवासंघको कार्यसमितिमा आबद्ध भएर व्यवसायीको हितमा केही गरेर देखाउने आत्मबल छ ।

    तपाई एक त महिला हुनुहुन्छ, घरपरिवार र व्यवसाय पनि हेर्नुपर्यो, संघमा समय दिन सक्नुहोला त ?

    –अवश्यै पनि । सक्छु भनेरै महिला सदस्यको उम्मेद्वार बनेको हुँ । अहिले पनि मैले अन्य सामाजिक संघसंस्थामा गरेको कामलाई मूल्याकंन गर्न सक्नुहुन्छ । म आबद्ध सबै संघसंस्थालाई सक्रियताका साथ समय दिएको छुँ । घरपरिवार र व्यवसायका लागि मलाई बुझन् र हरेक कुरामा साथ सहयोग गर्ने मेरो श्रीमान् कृष्ण अधिकारी हुनुहुन्छ । उहाँको साथले मैले पूर्णरुपमा संघमा आबद्ध रहेर व्यवसायीको हितमा लाग्नेछु ।

    चुनाब आउन केही दिनमात्र बाँकी छ कस्तो हुदैछ चुनाबी प्रचारप्रसार ?

    –धेरै नै राम्रो भएको छ । व्यसायीको साथ र सहयोग सोचेभन्दा धेरै नै पाईएको छ । हाम्रो चुनावी अभियानमा दमकका व्यवसायीको ठुलो साथ र सहयोग पाएका छौँ । हाम्रो घोषणापत्र र वर्तमान कार्यसमितिले गरेका कामप्रति व्यवसायीहरु उत्साहित रहेको पायौँ ।

    भोट माग्न जाँदा ब्यापारीहरुको अपेक्षा के पाउनु भयो ?

    –हिजोका दिनमा पनि व्यवसायिक समस्याहरुको समाधानमा हाम्रो प्रगतिशिल समुहले साथ दिएको थियो र आगामी दिनमा पनि साथ दिनेछ भन्ने व्यसायीहरुको अपेक्षा पाएका छौँ । साना, मझौला उद्योग व्यवसायमा संलग्न महिलाहरुलाई कसरी माथि पुर्याउन सकिन्छ भन्ने चिन्ताले मलाई वाणिज्य संघको कार्यसमितिमा रहेछ काम गर्नुपर्दछ भन्ने भावना जगाएको हो । यसमा दमकमा सम्पूर्ण व्यसायीले साथ र सहयोग गर्नुभएको छ ।

    तपाईंले दमकमा ब्यापारीको मुख्य समस्या के देख्नु भएको छ ?

    – दमकको मुख्य समस्याको रुपमा बजार क्षेत्रमा रहेको अव्यवस्थित पार्किङ देखिएको छ । व्यवसायिक कर अझैँ पनि व्यवहारिक रुपमा हुनुपर्दछ । घरबहाल कर अझैँ सहज बनाउनुपर्ने देखिएको छ । यि लगायतका समस्या समाधानमा म लगायत हाम्रो समुह लागिपर्नेछ ।

    अनत्यमा के भन्नुहुन्छ ?

    – अन्तयमा सबै दमकमा रहनुभएका सम्पूर्ण व्यवसायीहरुमा म चन्द्रमाया निरौला (जमुना) लाई यही भदौँ २० गते हुने दमक उवासंघको निर्वाचनमा महिला सदस्य पदमा र हाम्रो प्रगतिशिल समुहका सबै उम्मेद्वारलाई अत्याधिक मत दिई विजयी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु । मत माग्ने अभियानका क्रममा म लगायत हाम्रो समुह तपाईहरुसँग भेट हुन सकेन वा आईनपुगेन भनेपनि यसै अन्तरवार्ता मार्फत म तपाईहरुसँग मत माग्न चाहन्छु ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology