‘व्यवसायीको पेशागत अधिकार र सुरक्षामा काम गर्छु ’


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


  • असिम राई दमक उद्योग वाणिज्य संघको भदौ २० गते शुक्रवार हुन गईरहेको निर्वाचनमा खुल्ला सदस्यका उम्मेदवार हुन् । दमक  ४ स्थित चियादोकानमा सुम्निमा फर्निचर उद्योग सञ्चालन गरिआएका युवा व्यवसायी राई प्रगतीशिल समूहको तर्फबाट खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।


    अघिल्लो पटक थोरै मतान्तरले पराजय भोगेका राई यसपटक भने आफूलाई दमकका उद्योगी,व्यवसायी यो पटक भने ब्यवसायीले जिताउनेमा आशाबादी रहेको बताँउछन् । अघिल्लो पटक हारको पीडालाई पक्कै पनि व्यवसायीले गुण लगाउने उनको दावी छ । भोट माग्न व्यवसायीका पसल पसलमा जादाँ अत्यन्त ठुलो माया र सद्भाव पाएकाले जितको नजिक भएको उनले बताएका छन् ।

    ब्यवसायीक हकहित र ब्यवसायीको पीरमर्कालाइ समाधान गर्नका लागि संघमा रहेर काम गर्ने आफ्नो दृढ संकल्पका कारण आफूले उम्मेदवारी दिएको उम्मेदवार राईले जोड दिए । उनी व्यापार व्यवसायसँगै समाजसेवा र राजनीतिमा समेत उतिकै सक्रिय छन् । वाणिज्य संघमा काम गर्ने अवसर प्राप्त गर्न सके आफ्नो क्षमता इमान्दारिताका साथ पूरा गर्ने उनको प्रतिवद्धता छ । भन्छन्,–‘ दमकको समग्र व्यवसायिक विकासमा मेरो बल,बुद्धिले भ्याएसम्म अहोरत्त लाग्ने छु ’

    व्यवसायीहरुको समस्या, पीडा र अपठ्यारामा जस्तो सुकै अवस्थामा पनि आफूले प्रष्टका साथ काम गर्न पछि नहट्ने उनको जिकीरछ । उनले व्यवसायीहरुको पेशागत अधिकार र सुरक्षामा काम गर्न आफनो पहिलो दायित्व भएको योजना सुनाँउछन् । उनले आफूसंगै आफनो टिमलाई जिताउन समेत दमकमा व्यवसायी मतदाताहरुसँग अनुरोध गरे ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology