चितवन समाज इजरायलले पायो नयन सापकोटाको नेतृत्व


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६


  • इजरायल । चितवनको विकास र सामाजिक भावाना, समाजको एकता समृद्दीको चाहाना भन्ने मूल नारा लिएर इजरायलमा स्थापना भएको  चितवन समाज इजरायलले नयाँ नेतृत्व पाएको छ ।

    गत शनिबार इजरायलको तेल अभिबमा भएको समाजको चौथो अधिवेसनले अध्यक्षमा नयन सापकोटा (रामु) लाई चुन्दै १९ सदस्यीय कार्यसमिति निर्धारण गरेको हो ।

    कार्यक्रमाको सभापति निबर्तमान अध्यक्ष सरिस्मा बराल, प्रमुख अतिथिमा सस्थाका सस्थापक अध्यक्ष तथा चितवन युवा समूह अन्तराष्ट्रिय समन्य समिति प्रवास महिला संयोजक शान्ता अधिकारी ज्ञवाली रहेका थिए भने विशेस अतिथिमा एनआरएनए इजरायल आइसीसी सदस्य तथा समाजका सलाहाकार बिशाल ज्ञावाली रहेका थिए ।

    इजरायलमा स्थापित विभिन्न संघ सस्थाका प्रतिनिधि, मिडिया कर्मी लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हरितालिका तिजको शुभकामना आदान प्रदान गर्दै बिभिन्न गीत, नित्य तथा दरको स्वाद सगै रमाइलो गरिएको थियो ।

    पानसमा दियो बालेर समुद्घाटन गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय धुनको गुन्जायमान सगै सुरु गरिएको कार्यक्रमलाई समाजका महाचिब चिरन्जिबी मिश्रले संचालन गरेका थिए ।

    कार्यक्रमको आर्थिक बार्षिक प्रतिबेदन सम्झना पन्तले प्रस्तुत गरेकी थिईन भने कार्यक्रममा प्रमाण पत्र तथा दोसल्ला ओढाएर पत्रकार तथा सस्थाका सल्लाहकारहरु अध्यक्ष तथा संरक्षक लगायतलाई सम्मान गरिएको थियो भने साथै सम्पूर्ण कार्यसमिति पदाधिकारी र आजिबन सदस्यहरुलाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो l

    प्रमुख अतिथि शान्ता ज्ञावली अधिकारीले निर्बिरोध निर्बाचित अध्यक्ष नयन सापकोटा सहित १९ जना कार्यसमितिको नामावली प्रस्तुत गर्दै  नव समितिको घोषणा गरिएको थियो । निर्बाचित पदाधिकारीहरुमा संरक्षक- सरिस्मा बराल, अध्यक्ष: नयन सापकोटा (रामु), ब.उपाध्यक्ष: चिरञ्जीवी मिश्र, प्रथम उपाध्यक्ष: दिना न्यौपाने, दित्तीय उपाध्यक्ष: सबिषा सिलवाल थापा, तृतीय उपाध्यक्ष: गायत्री ढकाल, महासचिब: मोहन बस्नेत, सचीव: जमुना बोहरा, कोषाध्यक्ष: जिना सिंह (सम्झना) र सदस्यहरुमा क्रमस सम्झना पन्त (कोष परिबेक्षक), कमला गुरुङ, नमुना पौडेल पराजुली, देबि पौडेल, इन्दिरा पौडेल मरठ्ठा, सीता अधिकारी, हिरु सुवेदी, बिष्णु माया रिमाल, गीता पोख्रेल, सुर्य थापा, राधिका कुवर, मोहन बस्नेत रहेका छन् । 

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology