बुद्धशान्तिका बिर पंधाकको “फुलबुट्टे चोलि झलल् कान्छी”को छायाङ्कन सकियो


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६


  • बुद्धशान्ति । युवा गायक बिर पंधाकद्धारा गायन गरिएको झापाको उत्तरपूर्वी बुद्धशान्ति गाँउपालिकालाई समेटेर तयार पारिएको फुलबुट्टे चोलि झलल् कान्छी बोलको गितको छायाङ्कन सकिएको छ । झापाको पर्यटकिय क्षेत्र बुद्धशान्ति गाँउपालिकाको ऐतिहासिक महत्व बोकेको ठुटेबर, बर्ने चिया कमान, गडिगाँउ माध्यमिक विद्यालय र टेवन एण्ड टिमाई रिसोर्ट लगायत बुद्धशान्तिको कला संस्कृतिलाई समेटिएर तयार पारिएको गीतलाई बिनोद खम्बुले संगित भरेका छन् ।

    बुद्धशान्तिकै राज माबोले सिर्जना रहेको उक्त गितमा योदिन सम्बाहाम्फेले दृश्यलाई कैद गरे भने अशोक लाखेको निर्देशन छ ।

    शिद्ध्वेश्वर बाल बगैंचाका सहजकर्ता शिक्षा सेवी बासुदेव न्यौपानेले क्यामरा पुजा गर्दै छायाङ्कनको काम प्रारम्भ गरेकोे गायक पंधाकले बताए । इलामको फेदिमा रहेको बुद्धशान्तिले विभिन्न क्षेत्रका राजनितिककर्मी, शिक्षाकर्मी र विभिन्न पेशाकर्मी जन्माउने क्रममा साँगितिक फाँटका युवाहरु पनि उक्तिकै उत्पादन गर्दै आएको भन्दै गायक पंधाकले फुलबुट्टे चोकि झलल् कान्छी बोलको गितले बुद्धशान्तिको मात्रै हैन समस्त झापाबासी र संगीतप्रेमीको मन जित्ने बताए ।

    भर्खरै सम्पन्न उक्त गितमा गोपाल खतिवडा, पवित्रा ढकाल र ममता पौड्यालको मुख्य भुमिकामा अभिनय रहेको निर्देशक लाखेले बताए । गितलाई ऐतिहासिक महत्व बोकेको ठुटेबर, गडिगाँउ मा.वि., बर्ने चिया कमान र टेवन एण्ड टिमाई लगायत स्थानमा छायाङ्क गरिएको भन्दै उनले भिडियो चाडैँ सार्बजनिक गर्ने बताए ।

    लामो समयदेखि कलाकार क्षेत्रको नृत्य विधा अङ्गाल्दै आउनुभएका निर्देशक लाखेले स्थानिय स्तरमै रहेका कलाकारहरुलार्य समेटेर स्थानिय पर्यटकिय क्षेत्रलाई गितको माध्यमबाट चिनाउन स्थानिय क्षेत्रलाईनै गितमा समेटिएको बताएका छन् । सुटिङ समापनको अवसरमा निर्देशक लाखेले विशेष सहयोगका लागि शिद्वेश्वर बाल बगैँँचा , गडिगाँउ माविका शिक्षक शिक्षिका र सम्पुर्णलााई धन्यवाद ज्ञापन गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology