एनआरएन चेकमा डा. खड्का


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६


  • चेक,१६ भदौ । गैरआवासीय नेपाली संघ चेक रिपब्लिक ( एनआरएन )को अध्यक्षमा डाक्टर चिरञ्जिबी खड्का चुनिएका छन् । आज सम्पन्न पाँचौ अधिबेशनले डा. खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिबेशनले संघको आइसिसी सदस्यमा भने क्षेत्रबहादुर अधिकारी चयन भएका छन् ।


    निर्वाचित समितिको महिला उपाध्यक्षमा एञ्जिला सिंह क्षेत्री (थापा), उपाध्यक्षद्धयमा छविलाल कँडेल र प्रेम खरेल चयन हुनभएको छ भने महासचिबमा विनोद ढकाल, सचिबमा पूर्णबहादुर बोहोरा, सहसचिवमा गोपाल बस्नेत, कोषाध्यक्षमा गिरीप्रसाद कँडेल, सहकोषाध्यक्ष विष्णु महत चयन भएका छन् । यसैगरि समितिको महिला संयोजकमा अनु कार्की, युवा संयोजकमा नवीन न्यौपाने पनि सर्वसम्मत चयन भएका छन् ।
    त्यसैगरि समितिका सदस्यहरुमा सरुना बज्राचार्य, बेजामिन रायमाझी, दुर्गाप्रसाद अर्याल, सुजन देवकोटा, चक्रबहादुर रायमाझी, अनिलकुमार कार्की र गौरब आयार्च सर्वसम्मत चयन भएको जनाईएको छ ।
    अधिबेशनको एनआरएन युरोपका संयोजक शिवकुमार बरुवालले उद्धघाटन गरेका थिए । सो अवसरमा संयोजक बरुवालले नेपालमा गएको महाभुकम्पका बेला चेक रिपब्लिक एनआरएनले पुरयाँएको सहयोगको चर्चा गरेका थिए ।
    उनले एनसिसी चेकमा बैदेशिक रोजगारीमा आएकाहरुको समस्या समाधानका लागि आइसीसीले युरोप क्षेत्रका लागि छुट्टै बैदेशिक राहत कोषको स्थापना गर्न लागेको पनि जानकारी दिए ।

    सो अवसरमा उनले यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौमा हुन लागेको संघको नवौं विश्व सम्मेलनमा सहभागी हुन आग्रह समेत गरेका थिए । उनले एनआरएनको उद्देश्यलाई अझ शसक्त ढंगले अगाडी बढाउन आसन्न सम्मेलनमा आइसिसीको सचिवमा उम्मेदवारी दिने घोषणा गरे । अधिबेशनमा एनआरएन चेकका पूर्व अध्यक्ष जितेन्द्र रायमाझीको समेत उपस्थिति रहेको थियो । महासचिब किशोर रायमाझीले सञ्चालन गरेका थिए ।
    तिज विशेष कार्यक्रम
    सो अवसरमा नेपालीहरुको मौलिक पर्व तिजको अवसरमा महिला दिदीबहिनीहरुलाई सामूहिक दर खुवाउने कार्यक्रम समेत सम्पन्न भएको थियो भने नेपालका कविले एकल कबिता बाचन गरेका संघका नवनिर्वाचित महसचिव बिनोद ढकालले जानकारी दिए

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology