प्रमुनले गरे असहायलाई सहयोग गर्ने घोषणा, जन्मदिनको अवसरमा अनुकरणीय काम


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०७६


  • झापा | झापाको गरामनीस्थित श्री दुर्गा मा बि मा कक्षा ७ मा अध्ययनरत प्रमुन संग्रौलाले आफ्नो जन्मदिनको अवसरमा अनावश्यक खर्च नगरी असहाय बालबालिकाहरुको शिक्षाको लागि ५ हजार ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

    भदौ १५ गते पर्ने प्रमुनको १३ औ जन्मदिनको अवसरमा आफ्नो खाजा खर्चबाट केही रकम बचाएर र त्यसमा बुबाआमाले थपथाप गरेर उक्त रकम सहयोग गर्न लागेको उनले बताएका छन् ।

    झापाली समाज युएईको असहाय बालबालिकाहरुमा समर्पित अक्षयकोषमा झापाली समाज युएईका पुर्व केन्द्रीय सदस्य तथा नेपाल सम्पर्क समितिका पुर्व संयोजक प्रदिपकुमार संग्रौला (माइनसप्लस) र मुना संग्रौलाका छोरा प्रमुन संग्रौलाले आफ्नो जन्मदिनको अवसरमा उक्त रकम जम्मा गर्ने घोषणा गरेर उदाहरणीय र अनुकरणीय काम गरेको झापाली समाज युएईका नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले प्रतिक्रिया दिएका छन् ।

    जन्मदिनको उत्सव मनाउने आआफ्नै रहर, शैली र योजना हुन्छन् । अस्ठचिरञ्जीवीको पुजा लाउनेदेखि केक काटेर होटलमा पार्टी पनि आयोजना गरेर जन्मदिन मनाइन्छ । जन्मदिन कसरी मनाउन भन्ने हरेकको आआफ्नो रुचि, रहर र अवस्थाको कुरा हुन्छ । जसले जसरी मनाए पनि जन्मदिनलाई अलिकति भए पनि आफुभन्दा कमजोर अवस्थामा रहेकाहरुप्रती समर्पित गर्न सके त्यसले समुदायमा सकारात्मक सन्देश जानेछ र त्यसको दरिलो उदाहरण प्रमुनको घोषणा भएको झापाली समाज युएईका परिकल्पनाकार तथा प्रवक्ता रामप्रसाद ढुंगेलले बताएका छन् ।

    समाजका महत्त्वपूर्ण गतिविधिहरुमा स्थापनाकालदेखि नै सक्रिय माइनसप्लस संग्रौलाले युएईमा लामो समय रोजगारी गरी हाल नेपालमै ब्यावसायिक कृषि कर्म गरी आफ्नो सामाजिक सक्रियतालाई निरन्तरता दिइरहेका छन् । स्थानीय गरिव डाेले राजवंशीको घर बनाउने, महिलाहरुलाई सीप विकास तालिम आयोजना गर्ने, स्थानीय युवा क्लव र बाल क्लवहरुमार्फत सामाजिक र शैक्षिक जागरणका कार्यक्रम गर्नमा संगौलाको उल्लेख भुमिका रहेको छ । गाउँका बाटो तथा पुल निर्माणमा पनि सामाजिक उत्प्रेरकको काम गरिसकेका संगौलाले आफ्नो एक छोरालाई पनि सामाजिक कार्यमा लाग्न प्रोत्साहन हुने भनेर झापाली समाजको असहाय बालबालिकाहरुको लागि अक्षयकोसमा रकम जम्मा गर्न मार्गदर्शन गरेको जानकारी दिएका छन् ।

    संगौला परिवारलाई उदाहरणीय र अनुकरणीय काम गरेकोमा अक्षय कोष संकलन समितिका संयोजक पारस लामाले आभार व्यक्त गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology