फाल्गुनन्द शाकोसको सम्मान र पुरस्कार


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६


  • दमक,१५ भदौ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सम्मान तथा पुरस्कार वितरण गरि आफनो आठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    स्थानीय कस्मिक पार्टी प्यालेसमा आइतबार एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष पदम लिङ्गदेन ( संकल्प ) ले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे ।

    त्यस्तै वन्दसत्रमा संस्थाको लेखा समितिका तर्फबाट संयोजक लिलाराज तुम्बापोले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको सचिव दिलीप जवेगुले जानकारी दिए ।

    संस्थाकी कोषाध्यक्ष फूलकुमारी आङ्गदेम्बेले स्वागत मन्तव्य तथा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यातामा भएको साधारणसभाको उद्घाटनमा सहकारीका अगुवाहरुले सहकारीलाई सदस्यमुखी वनाउन जरुरी भएको जोड दिए । सभामा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंग थेगिम,मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई,जिल्ला सहकारी संघका सदस्य प्रेमकुमार कोइराला , पूर्वेली कृषि सहकारीका व्यवस्थापक यज्ञराज भट्टराई लगायतका वक्ताहरुले सहकारीको वारेमा चर्चा गरेका थिए ।

    त्यस अवसरमा संस्थाले गएको वपर्ष उत्कृष्ठ कारोवार गर्ने दमक ८ का जनकसिंह जवेगु र संस्थाका सदस्य परिवारबाट कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने प्रियंका शाह, रेनुका राई र डिम्पल सुब्बासहित स्नाकोत्तर गर्ने उमा जवेगु र अबोध अविरललाई समेत नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।त्यस्तै,कार्यक्रममा तीज विशेष नृत्य कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

    ४२ करोड बढीको कारोवार

    ७ सय ६७ जना शेयर सदस्य रहेको सो संस्थाको हाल शेयर पूंजी २ करोड ४५ लाख ७१ हजार ७ सय पुगेको छ । गत वर्षको तुलनामा शेयर पूंजी ५१ लाख १६ हजार ४ सय बृद्धि हो । संस्थाले चालु वर्षमा भने ३ करोड शेयर पूंजी पुरयाँउने लक्ष्य राखिएको प्रतिवेदनमा जनाईएको छ । यसैगरि गएको वर्ष २९ करोड ६९ लाख १७ हजार १ सय ७८ निक्षेप गर्न सफल भएको जनाईएको छ । यस्तै, सोहि वर्ष संस्थाले १० करोड ९८ लाख ४० हजार ४४६ रुपैया ऋण लगानी गरेको छ । त्यो आर्थिक बर्षमा कुल ४२ करोड ८१ लाख ३६ हजार ४ सय १२ रुपैयाको कुल कारोवार गरेको छ भने विभिन्न करमार्फत सरकारलाई ९ लाख ५६ हजा ७ सय ६७ रुपैया राजस्व बुझाएको अध्यक्ष लिङ्गदेनले जानकारी दिए ।
    दमक ६ स्थित लिङ्गदेन मार्गमा मुख्य कार्यालय रहेको सो सहकारीले गत जेठ १७ देखि विर्तामोडमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याईएको जनाईएको छ । यस्तै, आफना सदस्यहरुको सुविधाका लागि यसवर्ष पनि शिवसताक्षीस्थित झिलझिले तथा दुधेमा थप सेवा केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको अध्यक्षको प्रतिवेदनमा जनाईएको छ ।

    पत्रकार सुब्बा पुरस्कृत

    सहकारीले यसवर्षदेखि वितरण गर्दे आएको फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारवाट विष्णु सुब्बा पुरस्कृत भएका छन् । सहकारीले आफनो ८ औं बार्षिक साधारणसभाका अवसर पारेर उनलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको हो ।

    सहकारीका क्षेत्रमा लामोसमयदेखि कलम चलाएवापत पत्रकार सुब्बालाई नगद ८ हजार तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको व्यवस्थापक कुवेर प्रसाद तुम्बापोले जानकारी दिए । पत्रकार सुब्बा दुई दशक देखि दमक क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील छन् । उनी हाम्रो दमक डटकम अनलाईन न्यूज पोर्टलको कार्यकारी सम्पादकसहित राष्ट्रिय समाचार समिति ( रासस) को जिल्ला प्रतिनिधिका रुपमा समेत कार्यरत रहेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology