लाइब्रेरी युवा समूहमा उप्रेती


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६


  • दमक,१५ भदौ । दमक पब्लिक लाइब्रेरी युवा समूहको समितिमा बिनोद उप्रेती चयन भएका छन् । समूहको शनिवार सम्पन्न साधारणसभाले उप्रेतीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा नव निर्वाचित समितिलाई सपथ ग्रहण गराई पदिय जिम्मेवारी समेत हस्तान्तरण गरियो ।

    गठित समितिको प्रथम उपाध्यक्षमा रुविना बिष्ट, द्धितीय उपाध्यक्षमा भोला राजबंशी , सचिवमा आशिष न्यौपाने, सहसचिवमा दिवाकर पाँचकोटी, कोषाध्यक्षमा पानस अधिकारी र सह कोषाध्यक्षमा मिलन तामङ चुनिएका छन् । यसैगरि सो समितिको सदस्यहरुमा साजन राई, दिवाकर गुरुङ, रश्मी उप्रेती, दीक्षा काफ्ले, सपना न्यौपाने, सपना लिम्बू, हेमन्त नेपाल, मनिषा सिटौला, रेखा ढुंगाना, ममता भण्डारी, दुर्गा ताजपुरिया,पूजा शाह लगायत रहेका छन् ।

    विगत दुई बर्षदेखि पब्लिक लाइब्रेरीमा आवद्ध उप्रेति विभिन्न संघ संस्थाहरुमा समेत सक्रिय भूमीका निर्वाह गर्दैैै आएका छन् । अध्यक्ष उप्रेतिले सोही कार्यक्रममा आफुलाई दिएको जिम्मेवारी पूर्णरुपले पालना गर्ने प्रतिवद्धता समेत गरे ।उनले निवर्तमान अध्यक्ष दधिराम ढकाललाई मायाको चिनो समेत वितरण गरेका थिए ।

    नव निर्वाचित समितिलाई ग्लोबल एजुकशनल एकाडेमीका प्रिन्सिपल गुणराज अधिकारी, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप दिपु चापागाईं, पत्रकार मनकुमार गदाल र दमक पब्लिक लाईब्रेरिका सचिव हरी सिटौलाले शुभकामना दिएका थिए । पब्लिक लाइब्रेरीको युवा, बाल र मूल सञ्चालक समिति गरि तीन वटा समिति सक्रिय रहेको दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology